मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

ओमसतिया गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

Ujyalosandeshonline 10996+ समाचार ( )
४ पौष २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । 

वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले ओमसतिया वडा नम्बर ६ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिनुभयो । सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको यादवको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्याउने उद्देश्य हो, यसले गर्दा सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य हुन्छ । घरआँगनमै स्थानीय सरकार गएपछि जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराउन सकिन्छ ।”

गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाले वडास्तरमै पुगेर एकीकृत घुम्ती शिविर आयोजना गर्ने गरेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीका अनुसार पौष ३ गते वडा नं ६ मा, पौष ४ गते वडा नं ५ मा, पौष ५ गते वडा नं ४ मा, पौष ९ गते वडा नं ३ मा, पौष ८ गते वडा नं २ मा र पौष ७ गते वडा नं १ मा एकीकृत घुम्ती शिविर हुने छ । 

घुम्ती शिविरबाट विषयगत शाखा अन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण गरिने क्षेत्रीले जानकारी दिनुभयो ।

कृषि शाखा अन्तर्गत नविनतम कृषि प्रविधि सम्बन्धि जानकारी, बालि उपचार तथा कृषि फर्म दर्ता नविकरण र पञ्जीकरण शाखा अन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्रको विषयमा जानकारी प्रदान गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार