मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि मालारानी–८ हंशपुरलाई

अनिल नेपाली 141+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

अर्घाखाँची । धारापानीमा सम्पन्न खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि मालारानी–८ ले हात पारेको छ । भलिबलका खेल प्रतिभालाई प्रष्फूटन गर्न भूमिकास्थान नगरपालिका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि मालारानी–८ हंशपुरलाई ४ नम्बर वडा कार्यालयले आयोजना गरेको प्रतियोगितामा आयोजक धारापानीलाई पराजित गर्दै भलिबलको उपाधि हंशपुरले उचालेको हो ।

भूमिकास्थान–४ को टीमलाई ३–० को सोझो सेटमा पराजित गर्दै मालारानी–८ ले उपाधि उचालेको थियो । उपाधिसँगै हंशपुरले नगद रु.३० हजार र ट्रफी हात पारेको छ । प्रतियोगितामा आयोजक धारापानी दोस्रो भयो । यस्तै भूमिकास्थान–३ को भलिबल टिम तेस्रो भएको थियो ।

भूमिकास्थान–३, धारापानीले सन्धिखर्क–८ लाई २–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो । प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमशः नगद रु.२० हजार र १० हजारसँगै ट्रफी हात पारे । प्रतियोगितामा प्रथम हुने मालारानी–८ को टिमका खेलाडी अनिष पाण्डे उत्कृष्ट खेलाडी घोषित भए भने सन्धिखर्क–७ खाँचीकोटका खेलाडी मिशन खड्का अनुशासित खेलाडी घोषित भएका थिए ।

भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपाली र भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थीले खेलले स्वास्थ्य, पहिचान र समृद्धिमा सकारात्मक भूमिका निभाउने बताएका थिए । खेल र खेलको विकासका लागि आफूहरूले सक्दो सहयोग गर्ने उनीहरूले प्रतिबद्धता जनाए ।

तीन दिनसम्म चलेको प्रतियोगितामा जिल्लाका विभिन्न वडाका १९ वटा टिमले भाग लिएको वडा सचिव निलम शाहीले जानकारी दिइन् । भलिबल खेललाई प्रोत्साहन गर्न, खेलाडीलाई अवसर प्रदान गर्न यो प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष पन्थीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार