मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप

रासस 712+ समाचार ( )
३ कार्तिक २०८२, सोमबार

वीरगञ्ज (पर्सा) । हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख ५२ हजार १२९ जना लक्षित समूहलाई खुवाउने लक्ष्य राखिएकामा ८४ प्रतिशत अर्थात पाँच लाख ४७ हजार ३११ जनालाई खुवाइएको छ ।   

‘‘अझै १६ प्रतिशत लक्षित समूह हैजा विरुद्धको औषधी खानबाट छुटेका छन् । उनीहरुलाई पनि छठ पर्व लगत्तै फेरि खुवाउनेछौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिलेसम्मको तथ्याङ्क हेर्दा हैजाविरुद्धको औषधी ख्वाउने (खोप) अभियान प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ ।’’  

स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरमा ८२ प्रतिशत, ठोरी गाउँपालिकामा ८६ प्रतिशत हैजा विरुद्धको औषधी खुवाइएको छ । त्यस्तै गरी जिराभवानी गाउँपालिकामा ७८ प्रतिशत, जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत, पर्टेवासुगौली गाउँपालिकामा ८५ प्रतिशत लक्षित समूहले औषधी खाएका छन् ।

त्यसैगरी सखुवा प्रसौनीमा ८९ प्रतिशत, पर्सागढी नगरपालिकामा ८४ प्रतिशत, बहुदरमाई नगरपालिकामा ८० प्रतिशत, पोखरिया नगरपालिकामा ८३ प्रतिशत कालिकामाई गाउँपालिकामा ८१ प्रतिशत, धोविनी गाउँपालिकामा ८५ प्रतिशत लक्षित समूहले औषधी लिएका छन् । त्यसैगरी छिपरमाई गाउँपालिका ९३ प्रतिशत, पकहाँमैनपुर गाउँपालिकामा ८० प्रतिशत र विन्दवासिनी गाउँपालिकामा ९१ प्रतिशतले हैजा विरुद्धको औषधी लिएका छन् ।     

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजा विरुद्धको खोप अभियानमा सर्वसाधारणको सक्रिय सहभागिता रहेको बताउनुभयो । ‘‘हामीले खोप केन्द्रहरुको नियमित अनुगमन र निरीक्षण गर्दै आइरहेका छौँ,’’ उहाँले भन्नुभयो, ‘‘अहिले धान भित्र्याउने समय र चाडपर्वको समय भएकाले पनि खोप अभियानको समय थपेर भएपनि अघि बढाउन निर्देश गर्दछु ।’’  

जनस्वास्थ्य अधिकृत ठाकुरले हैजा महामारी विरुद्धको खोप पर्सा जिल्लाका एक वर्ष उमेर माथिका सबैलाई खुवाउन अनुरोध गर्नुभयो । ‘‘मुखबाट खुवाइने खोप भएकाले सुरक्षित र भरपर्दाे भएकाले ढुक्क भएर सेवन गर्न अनुरोध गर्दछौँ’,’ उहाँले भन्नुभयो ।

यो खोप अभियानमा एक वर्षभन्दा माथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ । यो खोपको औषधी एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो औषधी दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार