मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लापरबाही, समिति गठन

Ujyalosandeshonline 12080+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डिकेशनाथ योगीको शनिबार निधन भएको छ । परिवारजनले डाक्टरको लापरबाहीपूर्ण उपचारका कारण मृत्यु भएको दाबी गर्दै स्वास्थ्य प्रतिष्ठानको समग्र उपचार व्यवस्थापनमा गम्भीर प्रश्न उठाएका छन् । शनिबार प्रतिष्ठान परिसरमा विभिन्न दलका नेता, जनप्रतिनिधि, स्थानीय समाजसेवी र योगी परिवारका सदस्यहरूको उपस्थितिमा छलफल गरी निर्णय गरिएको छ ।

योगीको मृत्यु प्रकरण छानबिन गर्न जिल्ला स्तरीय समिति गठन गरिएको छ । सो समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य रहेका छन् भने सदस्यहरूमा बद्रिनाथ योगी, रतननाथ योगी, विष्णुबहादुर महत र मीन बहादुर रावल लगायतका सात सदस्य रहेका छन्।

समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समग्र उपचार व्यवस्थापनको सम्बन्धमा अध्ययन–छानबिन गरी प्रतिवेदन पेश गर्नेछ । प्रतिष्ठानले पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने विषयमा पहल गर्ने र तीन दिनभित्र स्पष्ट व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

छलफलमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य रतन नाथ योगी माओवादी केन्द्रका बिष्णु बहादुर महत, स्थानीय जनप्रतिनिधि, चिकित्सक तथा योगी परिवारका आफन्तहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार