मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

संघीय विज्ञ परिषद्को संयोजकमा सरिता गिरी चयन

Ujyalosandeshonline 11768+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

काठमाडौं । नेपाल सद्भावना पार्टीले नेपाल सरकारका पूर्वमन्त्री तथा पार्टीका पूर्वअध्यक्ष सरिता गिरीलाई संघीय विज्ञ परिषद्का संयोजक पदमा चयन गर्ने निर्णय गरेको छ । 

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी बुधबार बसेको पार्टीको बैठकले गिरीलाई संघीय विज्ञ परिषद्का संयोजक पदमा चयन गर्ने निर्णय गरेको पार्टीका अध्यक्ष रामकुमार महतोले जानकारी दिए । 

उनले भने,‘हिजो वैशाख १९ गते नेपाल सद्भावना पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेका बसेका थियौं । बैठकबाट नेपाल सरकारका पूर्वमन्त्री तथा यस नेपाल सद्भावना पार्टीका पूर्वअध्यक्ष सरिता गिरीज्यूलाई संघीय विज्ञ परिषद्का संयोजक पदमा चयन गर्ने निर्णय गरियो ।’

साथै उनले पार्टीमा नेपाल सरकारका पूर्वशिक्षामन्त्री रामचन्द्र कुशवाहा (पर्सा), नेपाल समाजवादी पार्टीका सह–अध्यक्ष एवं नेपाल सरकारका पूर्वराज्यमन्त्री गोविन्द प्रसाद चौधरी (नवलपरासी) तथा नेपाल समाजवादी पार्टीका महासचिव सुरेन्द्र कुमार पटेल (नवलपरासी) उक्त पार्टीका केन्द्रीय सदस्यहरु पिताम्बर महतो, ओम थनेत (पूर्वी परासी), लगायत विभिन्न पार्टी प्रत्यागरी यस पार्टीमा प्रवेश गरेकोमा उनीहरुलाई स्वागत गर्ने पनि निर्णय गरेको जानकारी दिए । 

भिषण आगलागीका कारण कठिनाइको सामना गरिरहेका जनसमुदायहरुलाई यथाशीघ्र गाँस, बास, कपास लगायतको उचित क्षतिपूर्तिलगायत राहतको व्यवस्था मिलाउन सरकार, प्रदेश सरकार र स्थानीय निकायसँग माग गर्ने र भिषण आगलागीबाट पीडित जनताहरु पार्टीका नेता कार्यकर्ता उक्त स्थानमा आवश्यक राहत लगायतको सहयोगमा जुटन निर्देशन गर्ने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार