मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

आरती साहले अझै न्याय नपाउनु लज्जास्पद : पूर्वमन्त्री खान

Ujyalosandeshonline 12321+ समाचार ( )
१३ पौष २०८०, शुक्रबार

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले आरती साहको रहस्यमय मृत्युबारे अझै सत्य तथ्य बाहिर नआउनु दुखद भएको बताएका छन् ।

काठमाडौंमा आयोजित आरती साहको न्यायबारे गरिएको एक अन्तरक्रिया कार्यक्रममा उनले घटना भएको १ सय ९७ दिन पुगिसक्दा पनि पीडित परिवारले न्याय नपाउनुले मानव अधिकारको दर्दनाक अवस्था दर्शाएको बताए।

यो घट्नाले स्पष्ट पारिरहेको छ ।  १ सय ९७ दिन वितिसक्दा पनि न्याय नपाउनुले मधेशमा मानव अधिकारको अवस्था कस्तो रहेको छ। ’ उनले भने, ‘ कुनैपनि मानव अधिकारको विषयमा सरकार गम्भिर देखिएको छैन ।’

पटक पटक सदनमा आरती साहको न्यायको माग गर्दापनि सरकार गम्भिर नभएको उनको भनाई छ ।

जनकपुरधाम उपमहानगरपालिका–९ की आरतीको शव घरमै झुन्डिएको अवस्थामा जेठ ७ गते आइतबार बेलुका फेला परेको थियो ।

उनको शरीरभरि जताततै नीलडाम देखिएकोले हत्या गरिएको दाबी माइत पक्षको छ ।

२२ वर्षीया आरतीको हत्या उनकै श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुले गरेको आरोप आफन्तले लगाएका छन् ।

दुई वर्षअघि सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका–३ का मोतीबाबु साहसँग भएको थियो ।

अदालतको आदेश पछि साहका श्रीमान मोतीबाबु भने केहीदिनअघि पक्राउ परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार