मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |
मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |


नवलपरासी लोहरौलीको शिवपार्वती सिद्धधामलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउदै पाल्हीनन्दन गाउँपालिका

Ujyalosandeshonline 12618+ समाचार ( )
६ मंगशिर २०८०, बुधवार

बेचु गौड

नवलपरासी । प्राचिन काल देखी नै ओझेलमा परेको पाल्हीनन्दन ४ लोहरौली स्थित शिवपार्वती सिद्धधामलाई अन्तराष्र्टि«य पहिचान दिलाउने गरि काम अगाडी बढाईने भएको छ । 

सिद्धधामको अवलोकन गर्दै गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले यो प्राचिनकालिन शिवशतिm केन्द्र रहेको पुरातात्विक आधार र थुप्रै प्रमाण देखिएको हुदा यसलाई अन्तराष्र्टि«य पहिचान दिलाउनका लागि काम हुने बताएका हुन् । 

यो सिद्धधामलाई एउटा ट्रष्टको रुपमा स्थापित गर्दै भगवान शिवसँग सम्बन्धित तिर्थ स्थल बनाउनकै लागि अन्तराष्र्टि«य महर्षि पाउण्ेसनसँग समन्वय गर्ने कार्य गरिने आश्वास्त पार्दै यसका लागि स्थानियले पनि एक जुट भई तत्परता देखाउन आवश्यक रहेको बताएका थिए । 

आज सुस्ता गाउपालिका स्थित अन्तराष्र्टि«य महर्षि फाउण्डेसनसँग सम्बन्धित स्थानमा जान्छौ,उनले भने, यसको अवस्थाबारे जानकारी गराउछौ । स्थलगत भ्रमण पनि गराउने गरि कुरा राखिने विश्वास ब्यतm गर्दै उनले ओझेलमा रहेको यो सिद्धधामलाई सँसार भरि फैलिएको शिव ज्योतिलिगँ र शिवधामसँग समन्वय गरिने बताए । 

नेपाल सरकारको पुरातत्व विभागले समेत यस स्थानमा यो पुरातात्विक स्थल भनेर सुचना बोर्ड राखेको छ । यसको संरक्षण र प्रवद्र्धन कार्यका लागि स्थानिय तह र स्थानिय प्रशासनको पनि उत्तिकै भुमिका हुन पर्छ । अब गाउपालिकाको पनि यस शिवपार्वती सिद्धधाम ध्यान रहने उनको भनाई थियो ।

समान्य ब्यवस्थापन समिति गठन गरि विभिन्न निकायबाट चन्दा,योजनाहरु माग गर्दै धेरै जसो पुर्वाधार थपिएका छन्, उनले सिद्धधामको अवस्थाको अवलोकन गर्दै भने,तर यिनै संरचनाको उचित ब्यवस्थापन तथा प्रचार प्रसार गर्नु पर्ने आवश्यकता देखिएको छ । 

यस सिद्धधाम क्षेत्रमा अध्यात्मिक गतिविधिहरु समेत गरिनु पर्ने देखिएको उनको भनाई थियो । यसरबारे जानकार ऋषिहरु पनि विगत बर्ष देखी नै अभाव भएको हुदा अन्तराष्र्टि«य महर्षि फाउण्डेसनलाई यसबारे जानकारी गराई त्यसको पनि ब्यवस्थापन गरिने उनले बताए । 

यस क्षेत्रमा अध्यात्मिक अभ्यास मात्रै नभई संस्कृति तथा धार्मिक शिक्षाको पठन पाठन पनि आवश्यक देखिएको छ । यसले गर्दा यो शतिm केन्द्रमा अध्यात्मिक शतिm केन्द्रित गर्न सकिन्छ । 

बालबालिकालाई रमाउने गरि पोखरीमा ढुगाँ,सानो स्टिमर सञ्चालन गर्ने अवस्था देखिएकोले तत्कालै गाउपालिकाले त्यसको ब्यवस्थापन गर्ने लक्ष्य पनि उनले सुनाएका थिए ।

पुर्विय दर्शनमा आधारित संस्कृति शिक्षाका लागि पनि गाउपालिकाले योजना बनाई केही दिन भित्रै शुभारम्भ गरिने यसका लागि स्थानियले सहयोग गरिनु पर्ने उनले बताएका थिए । परापुर्व काल देखी नै यस क्षेत्रमा शिवरात्रीको मेला लाग्ने र साउन मासमा नियमित जलअर्पण कार्य हुदै आएको छ । 

बेला बेला रुद्री महायज्ञको समेत आयोजना हुने गरेको स्थानिय रामनरेश दास पटनवारले बताए । विगत बर्षमा यहाँ थुप्रै ऋषिहरु बस्दै आएको स्थान हो,उनले सो स्थानमा ति ऋषिहरुको समाधि स्थल देखाउदै भने,अहिले ब्यवस्थापन हुन नसक्दा ति ऋषिहरुको समाधि स्थल पनि अलपत्र अवस्थामा छ । पुर्वाधारको रुपमा मन्दिर,धर्मशाला,प्रार्थना स्थल,यज्ञशाला,स्थान स्थल र झण्डै चार विघा क्षेत्रफलमा फैलिएको प्राचिन पोखरी पनि रहेको छ ।

पोखरी भरि कमल फुलेका छन् । मनोरम दृष्य रहेको छ । विभिन्न चराचुरुगँीहरु ति पोखरी तथा उद्धानमा रामाउने गर्दा प्राकृतिक रुपमा पनि सो क्षेत्र रमणिय रहेको हुदा यो सिद्धधाम गाउपालिका मात्रै नभई जिल्लाकै एक धार्मिक पर्यटन क्षेत्र रहेको देखिदा यसका ब्यवस्थापनमा सबैले सहयोग गरि यसलाई राष्ट्रिय अन्तराष्र्टि«य पहिचान बनाउनु पर्ने आवश्यकता पटनवारले देखाए । प्रचार प्रसार पनि हुन सकिरहेको छैन्,उनले भने,स्थानिय तिर्थालुहरु हजारौ खर्चेर विभिन्न स्थानमा शिवशतिmको पुजापाठ गर्न पुग्ने गरेका छन्,तर नजिकैको तिर्थ हेला जस्तै भएको छ । 

यसका लागि पनि यस क्षेत्रलाई पुरातात्विक अनुसंधान गरि राष्ट्रिय अन्तराष्र्टि«य सम्पदाको रुपमा सुचिकृत गराई विकास र संरक्षण गर्नु पर्छ । त्यसै गरि यस क्षेत्रको धार्मिक तथा अध्यात्मिक अभ्यासका कार्यहरुलाई पनि निरन्तरता दिइनु पर्ने उनले औल्याएका थिए ।

शिवरात्रीको मात्रै पुजापाठ गरेर पुग्दैन, उनले भने, जानकार तथा सिद्ध योगि तथा ऋषिको उपस्थितीमा शिव भगवानसँग श्रद्धा र आस्था राख्ने गरेको भतmजनका लागि स्रोह सोमवार ब्रतकथा,नियमित जाप साधान,साउने मेला लगायतका अन्य शिव पुराण तथा कथामा आधारित धार्मिक तथा सांस्कृतिक गतिविधिले यहाँ धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ । 

यसले धार्मिक पर्यटनसँग जोडेर विकास गर्नु पर्छ । सदरमुकाम परासी देखी चार किलोमिटर दक्षिणमा रहेको छ । सो स्थानमा सार्वजनिक यातायातहरु समेत चल्ने हुदा तिर्थालुहरुलाई सहज ढंगले पुग्न सक्ने अवस्था रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार