मुख्य समाचार
धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट | मर्चवारीदेवी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन पहल | सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित |

स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा संगठन दर्ता गरिँदै

Ujyalosandeshonline 12520+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

काठमाडौं ।  आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज संगठन दर्ता हुँदैछ । आज देशभरका क्याम्पसहरुमा विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो । सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ ।

२१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका त्रिविले सार्वजनिक गरेको छ । २५ फागुनमै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । त्यसैगरि उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार