मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

बाजुराको गौमुलमा बाघको बिगबिगीः फर्म भित्रका ४४ कालिज सखाप

Ujyalosandeshonline 11004+ समाचार ( )
५ मंगशिर २०८२, शुक्रबार

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा बाघको बिगबिगी बढेको छ । पालिकाको वडा.नम्बर ६ मा बढिजसो बाघको बिगबिगी बढेको हो।प्रत्येक बर्ष बाघले ठुलो क्षती पुर्याउँदा यहाँका किसान चिन्तित बनेका हुन् । एकहप्ता अघि सोही पालिकाको –६ सटेडा गैरीबाडाका  स्थानीय नरी चदाँराको गोठमै पसेर बाघले १६ वटा बाख्रा मारेको थियो ।बस्तीमै बाघ छिरेर गोठका बाख्रा मारेर खाएपछि  स्थानीय त्रसित बनेका थिए ।

त्यसलगत्तै एकहप्ता पछि पुनः सोही वडाको सटेडामा  बाघले फर्मभित्र पालेका ४४ वटा कालिज मारेर छ । स्थानीय गणेश रोकायाले व्यवसायीक रुपमा सञ्चालन गरेको कालिज फर्मभित्र पसेर बाघले ४४ कालिज सखाप बनाएको हो । स्थानीय रोकायाको घर नजिकै रहेको कालिज फमभित्र पसेर ५६ वटा मध्ये ४४ कालिज बाघले मारेको पीडित स्थानीय गणेश रोकायाले बताए।आफू फर्मभन्दा टाढाको घरमा बसेको र विहान अर्डरका लागी कालिज लिन जाँदा बाघले ग्याविन भत्काई मारेको बताएका छन् ।

विक्रि गर्न ठिक्क बनाएर राखेका कालिज बाघले मारेपछी रोकायाको करिव १ लाख ५० हजार भन्दा बढीको क्षति भएको  हो।रोकायाले २०६९ सालदेखि व्यक्तिगत १६ लाख लगानीमा घुमपाल रिङरेड तथा पशुपन्छी कालिज फर्म मार्फत व्यवसायीक रुपमा कालिज पालन गर्दै आएका थिए । 

हरेक बर्ष बाघले कालिज मारेर ठुलो नोक्सानी गर्ने गरेको पिडित रोकायाको भनाइ छ । सुरुमा गवाडा भन्ने स्थानमा कालिज फर्म स्थापन गरेका थिए । सोही ठाउँमा पनि बाघले ५४ हजार बराबरका कालिज खाएको थियो । उक्त स्थानबाट सुरक्षित राख्न घर नजिकै राखेका उनले पुनः बाघले नोक्सानी पुर्याएको हो ।

पालिकाका विभिन्न गाउँमा बाघले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित बनेका छन् । एकपछि अर्को घटना बढ्न थालेपछी मान्छेमा बाघले हामीमाथी समेत आक्रमण गर्ने हो की भन्ने चिन्ता बढेको हो।बाजुराका विभिन्न ठाउँमा पछिल्लो समय बाघले ठुलो नोक्सानी गर्ने गरेको छ । बिशेषत् गौमुल,खप्तड छेडेदह,बडीमालिकामा बाघका घटना बढि घट्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार