मुख्य समाचार
भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट |

धमाधम फेला पर्दै अवैध हतियार

रासस 708+ समाचार ( )
२८ अशोज २०८३, बुधवार

बर्दिया । चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको छ । पछिल्लो पटक ठाकुरबाबा नगरपालिका–३ गोदानास्थित कोपिला सामुदायिक वनमा मङ्गलबार कटुवा पेस्तोल फेला परेको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा बेवारिसे हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर देउवाका अनुसार स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बगनाहाको टोलीले कोपिला सामुदायिक वनको जङ्गलबाट खिया लागेको कालो रङको कटुवा पेस्तोल बरामद गरेको हो । उक्त पेस्तोल कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बगनाहामा सुरक्षित राखिएको उहाँले बताउनुभयो ।

यसअघि गत जेठ २४ गते सोही सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको थियो । स्थानीय महिला दाउरा खोज्न जाँदा बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले गत वैशाखदेखि अवैध हतियार नियन्त्रणका लागि ‘स्विप अपरेसन’ सञ्चालन गरिएकाले बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको बताउनुभयो । उहाँका अनुसार अवैध हतियार नियन्त्रण अभियानले चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।

यसअघि गत साउन २२ गते बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित सडकछेउको झाडीबाट कटुवा पेस्तोल फेला परेको थियो । यस्तै, गत भदौ २४ गते बढैयाताल गाउँपालिका–२ स्थित सिर्जनशील सामुदायिक वनमा बन्दुकमा प्रयोग हुने एक थान नालसहित भरुवा बन्दुक फेला परेको थियो । गत भदौ २५ गते गेरुवा गाउँपालिका–२ बालुवातार जाने सडकछेउको झाडीबाट पनि कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतसँग सीमा जोडिएको बर्दियामा सामुदायिक वन क्षेत्रमा चोरीसिकारी हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै प्रहरीले सामुदायिक वन क्षेत्रमा निगरानी बढाउँदै आएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । प्रहरीको निगरानी बढेपछि अवैध हतियार राख्नेलाई समस्या परेको हुन सक्ने र हतियार लुकाउने क्रममा बेवारिसे अवस्थामा फेला परेको हुन सक्ने उहाँको भनाइ छ । जिल्लामा अझै अवैध हतियार हुन सक्ने अनुमान गर्दै प्रहरीले नियन्त्रण अभियानलाई तीव्रता दिएको जनाएको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौती कम गर्न अवैध हतियार नियन्त्रण अभियानलाई निरन्तरता दिइएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार