मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भैरहवा विमानस्थलमा फ्लाई दुबईको पुनःउडान सुरु

रासस 583+ समाचार ( )
२९ पौष २०८१, सोमबार

भैरहवा । मौसमका कारण देखाउँदै उडान रोकेको फ्लाई दुबईले पुनः दुबई-भैरहवा क्षेत्रमा आज बाट उडान भर्ने भएको छ। कात्तिक २४ बाट फ्लाई दुबईले दुबई- भैरहवा र काठमाडौं-दुबई उडान सुरु गरेको थियो। विमानस्थलका सूचना अधिकारी बिनोदबाबु रावतका अनुसार फ्लाई दुबईको भैरहवामा दिउँसो पौने २ बजे अवतरण भई त्यहाँबाट काठमाडौंका लागि पौने ३ बजे उड्ने तालिका रहेको छ।

सूचना अधिकारी रावतका अनुसार यसअघि फ्लाई दुबईले हप्ताको सातै दिन उडान गर्दा फ्लाई दुबईमार्फत २ हजार ८९ यात्रुले विमानस्थलमार्फत सेवा लिएका थिए । दुबईले डिसेम्बर १५ बाट खराब मौसमका कारण उडान रोकेको थियो । सोमबार फेरि पहिला जस्तै उडान सुरु हुन लागेको फ्लाई दुबईको नेपालको जिएसए युनिभर्सल टुर्स एण्ड ट्राभलका सेल्स हेड नवराज शाहीले बताए । ‘पहिले कै जसरी उडान हुन्छ। दुबईबाट यात्रु लिएर भैरहवा विमानस्थलमा ओराल्ने र त्यहाँबाट दुबई जाने यात्रु लिएर काठमाडौं हुँदै पुनः दुबई जाने तालिका छ शाहीले भने।

उडानको बीचमा मौसम प्रतिकूल हुँदा विमानको उडान तालिकामा परिवर्तन हुने, गन्तव्यतर्फ आइरहेको जहाज अन्तै डाइभर्ट गर्नु पर्ने वा घण्टौं आकाशमै होल्ड गर्नु पर्ने बाध्यता हवाईसेवा कम्पनीलाई रहेको थियो । प्रतिकूल मौसमको कारण कुवेतको जजिरा एअरवेजले पनि अहिले उडान रोकेको छ।तर, नेपाल वायुसेवाले भने काठमाडौंबाट भैरहवा हुँदै दुबईसम्म साताको चार उडान निरन्तर गर्दै आएको छ ।

कतारले कात्तिक २७ बाट तालिका अनुसार मंसिर १५ सम्म सीमित उडान गरेको थियो । कतारको उडान दोहा भैरहवा काठमाडौं दोहा थियो । तर, अहिले उडान रोकिएको छ । जजिरा एयरवेजले पनि जनवरी ३१ बाट पुनः उडान सुरु गर्ने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार