मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

ज्येष्ठ नागरिकको घरमै उपचार

Ujyalosandeshonline 12461+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्योपचार सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । 

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिमसमेत सञ्चालन गरेको छ । 

तालिम सञ्चालन गरेर स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने सामग्रीसमेत स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिएको छ । प्रत्येक वडामा दुईजना नर्सिङ कर्मचारीहरूलाई ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच तथा परामर्शका लागि खटाइएको छ । 

उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूको उच्च रक्तचाप, मधुमेह, अक्सिजन लेभलका जाँच, नेबुलाइजेसन सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, ड्रेसिङ, औषधि वितरणसहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । 

सम्बन्धित वडाका महिला स्वयम्सेविकासमेत परिचालन गरिनेछ । हरेक तीन महिनामा कम्तीमा एक पटक ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण उपचार सेवा उपलब्ध गराइनेछ । घरमा जाँदा बिरामीलाई अस्पताल प्रेषण गर्नुपरेमा महानगरको एम्बुलेन्समार्फत निःशुल्क सेवा दिनुका साथै सम्बन्धित अस्पतालमा समन्वयकारी भूमिका समेत महानगरले गर्नेछ । 

अभिमुखीकरण कार्यक्रम मेयर कोइरालाले आमविराटनगरवासीको घरमै गएर सेवा दिने प्रतिबद्धताअनुरुप निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको बताए । उनले स्वास्थ्यकर्मीहरूलाई अनुशासित र जिम्मेवार ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा लाग्ने निर्देशनसमेत दिए । 

पहिलो तीन महिनाको समीक्षा गरेर आगामी दिनमा कार्यक्रम थप प्रभावकारी बनाएर लाने मेयर कोइरालाको भनाइ थियो । उपमेयर शिल्पा निराला कार्कीले निःशुल्क स्वास्थ्य सुविधा लिनका लागि आफ्नो क्षेत्रका महिला स्वयंसेविकामार्फत वडा कार्यालय तथा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिने बताए । उनले महानगरले सञ्चालन गरेको कार्यक्रममा ८० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक समेटिने गरी काम गर्न आग्रह पनि गरे । 

अभिमुखीकरणपछि आइतबारदेखि नै ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर सेवा सञ्चालन गरिएको महानगरका स्वास्थ्य अधिकृत अमरदीप देवले जानकारी दिए ।

महानगर क्षेत्रभित्र २ हजार ३ सय २४ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन् । जसअन्तर्गत सबैभन्दा बढी वडा नम्बर ३ मा ३९० जना र सबैभन्दा कम १८ नम्बर वडामा २४ जना ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिक रहेको महानगरको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार