मुख्य समाचार
सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली |

‘नागरिकको सहयोगमा अपराधमुक्त समाज निर्माणमा सहयोग पुगेको छ’

Ujyalosandeshonline 12196+ समाचार ( )
तस्बिरः हरिराम भेटुवाल/रासस
१३ जेठ २०८३, बुधवार

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले नागरिकको सहयोगमा प्रहरीलाई अपराधमुक्त समाज निर्माणमा सहयोग पुगेको बताउनुभएको छ । प्रहरी वृत्त सोह्रखुट्टे, सामुदायिक सेवा केन्द्र ठमेल र विभिन्न वडाको सहकार्यमा आज यहाँ आयोजित ठमेल क्षेत्रको शान्ति, सुरक्षाबारे अन्तक्र्रिया कार्यक्रममा उहाँले समाजमा हुने अपराध न्यूनीकरणमा नागरिकको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

एआइजी कार्कीले ठमेल क्षेत्रलाई सुरक्षित बनाउन सिसी क्यामेरा जडानले महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभयो । उहाँले ठमेल क्षेत्रमा ध्वनि प्रदूषण ठूलो समस्याको रूपमा देखिएको भन्दै यसलाई न्यूनीकरण गर्नुपर्ने उल्लेख गर्नुभयो । एआइजी कार्कीले केही विदेशी नागरिक गलत उद्देश्यका साथ ठमेलमा बस्ने गरेकाले त्यस्ता व्यक्तिमाथि कडा निगरानी र कानुनी कारबाही भइरहेको जानकारी दिनुभयो । उहाँले मानवअधिकारको पूर्ण पालना गर्दै कानुनी दायरामा रहेर सुरक्षा व्यवस्था चुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले प्रहरी र नागरिकबीचको अन्तक्र्रियाले ठमेललाई एक सुरक्षित र सभ्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नयाँ ऊर्जा थपेको बताउनुभयो । उहाँले विशेषगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई आफ्नो व्यवसायभित्र मात्र सीमित नभई सामाजिक उत्तरदायित्व पनि वहन गर्न आग्रह गर्नुभयो । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले सुरक्षित र अपराधमुक्त ठमेल निर्माणका लागि परिषद्ले काम गरिरहेको बताउनुभयो । प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख, प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । अन्तक्र्रिया कार्यक्रममा ठमेल क्षेत्रका व्यवसायी तथा घरबेटीले सडक मानवको व्यवस्थापन, सिसी क्यामेरा पर्याप्त जडान, ट्राफिक व्यवस्थापन, रात्रिकालीन फुटपाथ पसल बन्द गर्नुपर्ने, चर्को शुल्क लिने ट्याक्सी चालकलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार