मुख्य समाचार
भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार | धमाधम फेला पर्दै अवैध हतियार | वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो | खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी | अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो | सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा | यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव |

कालोपत्रे सडकमा ‘बिस्कुन’, दुर्घटनाको जोखिम बढ्यो

Ujyalosandeshonline 12523+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

रौतहट । स्थानीय तहको सरकारसंगै गाउँ गाउँका अधिकास स्थानमा कालोपत्रे सडक पुगिसकेको छ । तर सो कालोपत्रे सडकमा अहिले हिड्दा दुर्घटनाको सम्भावना बढेको छ । हिजोआज रौतहटको बृन्दावन, सन्तपुर, बालचनपुर, चन्द्रपुर, जुडीबेला, समनपुर लगायतका क्षेत्रमा किसानहरू सडकमा मकैको बिस्कुन (छिल्का) तथा मकैका भुट्टा समेत फिँजाएर सुकाउने गरेको पाइन्छ ।

जसका कारण उक्त सडकमा सवारी चलाउदा दुर्घटनाको जोखिम बढेको बृन्दावन नगरपालिकाको वार्ड नं. ३  रामनरेश पटेलले बताए । सडकमा अन्नबाली सुकाउँदा विशेषगरी साँझको समयमा सवारी दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ । गाउँ घरमा अहिले प्रायः सबैले कालोपत्रे सडकमा नै मकैको बिस्कुन लगाउने गरेकाले सडकमा सवारी चलाउन समेत गह्रो हुने गरेको उनले बताए । सडकमा मकै सुकाउँदा केही स्थानमा त आधा सडक नै ढाकिएको देखिन्छ उनले भने ।

यसतर्फ कसैले चासो नदिएको उनको आरोप छ । मकै खेत छेउकै सडकमा सुकाएर केहि कृषकले स्थानीय व्यापारीलाई मकै बिक्री गर्ने गरेका छन । कालोपत्रे सडकमा चाडैं मकै सुक्ने र सहज हुने स्थानीय कृषक रामभरोसी साहले बताए । 

सडकमा घाम राम्रो लाग्ने र ढुवानी खर्च पनि नलाग्ने र गुन्द्री, त्रिपाल पनि आवश्यक नपर्ने उनले बताए । खेतमा उत्पादन भएको मकै राम्रोसँग सुकाउन सजिलो हुने भएकाले सडकमा नै सुकाउने गरिएको हो उनले भने । सडकमै अन्न सुकाउने कार्यले सडक दुर्घटना हुन सक्ने भएकाले सो कार्य नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार