मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

दशैंमा नेपाली सेनाको यातायात सुविधा, बस र हवाई दुवै सेवा प्रदान

Ujyalosandeshonline 12321+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

काठमाडौं । नेपाली सेनाले बडादशैँ, २०८१ को अवसरमा घर बिदा जाने सैनिक तथा तिनका आश्रित परिवारलाई यातायात सुविधा प्रदान गरेको छ। सैनिक कल्याणकारी कार्य अन्तर्गत आश्विन १८ गतेबाट मुलुकका विभिन्न स्थानहरूमा सहुलियतको यातायात सुविधा (स्थल तथा हवाई) सञ्चालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत १२३० जनाले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन्। सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरूमा हवाई उडानमार्फत ७२१ जनाले यो सुविधा लिएका निर्देशनालयले जनाएको छ ।

सैनिक निर्देशनालयका अनुसार असोज २४ गतेसम्म सञ्चालन हुने यो सुविधा मार्फत हालसम्म १९५१ जना सैनिक एवं आश्रित परिवारहरूले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन्। नेपाली सेनाले कल्याणकारी कार्य अन्तर्गत बहालवाला र भूपू सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार