मुख्य समाचार
अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर |

कोहलपुर गोल्डकपमा नवलपरासीको जित

Ujyalosandeshonline 12205+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

बाँके । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपमा राइजिङ स्टार फुटबल क्लब नवलपरासीले जित हासिल गरेको छ । बाँकेको कोहलपुरमा सम्पन्न दोस्रो क्वाटर फाइनल खेलमा भारतको साहारा फुटबल क्लबलाई पेनाल्टी सुटआउट ४–३ गोल अन्तरले हराउँदै नवलपरासी विजयी भएको हो । 

खेल अवधिभर दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा समेत दुवै टोली गोल गर्न असफल गरे । निकै प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटमा कुनैपनि गोल गर्न नसकेपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा भने राइजिङ स्टार फुटबल क्लब नवलपरासी भाग्यमानी ठहरियो । गोलकिपर प्रतिक सुनारको उत्कृष्ट प्रदर्शनबाट नवलपरासीले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

सुनारले साहाराका तीन वटा पेनाल्टी बचाएका थिए । राइजिङ स्टार फुटबल क्लब नवलपरासीका गोलकिपर सुनार म्यान अफ द म्याच घोषित भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।  म्यान अफ द म्याच घोषित सुनारलाई कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मरण राज पौडेलले पुररस्कार प्रदान गरेका हुन् । म्यान अफ द म्याच घोषित सुनारले आफ्नो टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेल्न पाउँदा खुसी लागेको बताए ।

प्रतियोगिताको तेस्रो दिन सोमबार दिउँसो ३ बजे कोहलपुरस्थित तेह्र विगाहा खेल मैदानमा प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ र राईनो फुटबल क्लब, गण्डकीबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्बल गण्डकी प्रदेश र कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको सहभागिता रहेको छ । 

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार