मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

पक्लिहवा मावि व्यवस्थापन समितिको अध्यक्षमा पुनः गुरुङ्ग

Ujyalosandeshonline 12547+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

भैरहवा । श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नम्बर १, पक्लिहवाको व्यवस्थापन समितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि युवा समाजसेवी सुशील गुरुङ्ग निर्विरोध निर्वाचित भएका छन् ।

त्यसै गरी व्यवस्थापन समितिको सदस्यहरुमा किशन तामाङ्ग, छेडी मुराव, आस्मा खातुन, संगीता हरिजन, मिन कुमारी गुरुङ्ग र शिक्षक प्रतिनिधिमा देवी प्रसाद न्यौपाने चयन भएको विद्यालयका प्राचार्य बसन्त कुमार बस्नेतले बताए ।

वि.सं. २०१५ साल चैत २० गते तत्कालिन समयमा विट्रिश सरकारको सहयोगमा स्थापना भएको यो विद्यालय यस नगरकै पुरानो विद्यालयको रुपमा रहेकाले व्यवस्थापन समितिले पहिलो कार्यकालमा विद्यालयको पूर्वाधार विकासमा ध्यान दिएको नवनिर्वाचित अध्यक्ष गुरुङ्गले बताए । उनले आगामी कार्यकालमा विशेष गरेर विद्यालयको नतिजामा सुधार, विद्यार्थी संख्यामा वृद्धि, शैक्षिक गुणस्तर र थप शैक्षिक कार्यक्रममा जोड दिने बताए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर (एम.बी.एस.) गरेका गुरुङ्गले यसअघि पनि शैक्षिक मात्र नभइ विभिन्न सामाजिक तथा राजनैतिक संघ–संस्थाको नेतृत्व कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । 

स्वतन्त्र विधार्थी यूनियन, भैरहवा बहुमुखी क्याम्पसको पूर्वसभापति, सिद्धार्थ जेसीजका पूर्वअध्यक्ष, नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको पूर्वअध्यक्ष, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको पूर्वअध्यक्ष, हाल नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको जिल्ला कोषाध्यक्ष, नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको क्षेत्रीय सभापति र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रिय सदस्यको रुपमा जिम्मेवारीमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार