अर्घाखाँची चेम्बर अफ कमर्शद्वारा जेनजी आन्दोलनका सहिद माधव सारू मगरको परिवारलाई ५१ हजार सहयोग

Ujyalosandeshonline 12204+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

अर्घाखाँची । अर्घाखाँची चेम्बर अफ कमर्शले जेनजी आन्दोलनका सहिद माधव सारू मगरकाे परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ। सहिद सारु मगरले पुर्‍याएको योगदानको उच्च मूल्यांकन र सम्मानस्वरूप चेम्बरले परिवारलाई नगद ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको हो। देश र जनताका लागि ज्यान आहुति दिने सहिदप्रति भावपूर्ण सम्मान व्यक्त गर्दै प्रदान गरिएको यस आर्थिक सहयोगले शोक सन्तप्त परिवारलाई केही हदसम्म भए पनि राहत पुग्ने विश्वास चेम्बरले लिएको छ।

यसअघि चेम्बरले गत माघ महिनामा सम्पन्न भएको 'सातौँ अर्घाखाँची महोत्सव'बाट संकलित रकममध्येबाट जेनजी आन्दोलनका सहिद सारूकाे घरपरिवारलाई आर्थिक सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको थियो। अर्घाखाँची चेम्बर अफ कमर्शका अध्यक्ष अशाेक कुमार श्रेष्ठले विगतमा गरिएको सोही प्रतिबद्धताअनुसार नै संस्थाको तर्फबाट सहिद सारु मगरको परिवारलाई उक्त नगद रकम प्रदान गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार