मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

रुपन्देही क्षेत्र नं. ५ : निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरूको सामूहिक प्रतिबद्धता
रुपन्देही-५ मा निर्वाचन सुरक्षा चुस्त, भारतीय गाडीमा रोक लगाउन उम्मेदवारको सुझाव

Ujyalosandeshonline 12337+ समाचार ( )
२२ माघ २०८२, बुधवार

कञ्चन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नं. ५, गैडहवामा उम्मेदवार र सरोकारवालाहरू बीच निर्वाचन आचारसंहिता पालना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रुपन्देही निर्वाचन कार्यालयको आयोजनामा भएको उक्त छलफलमा सहभागी दल तथा उम्मेदवारहरूले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आफूहरूले आचारसंहिताको पूर्ण पालना गर्ने तथा अरूले उल्लङ्घन गरेमा खबरदारी समेत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले निर्वाचनलाई स्वच्छ, तटस्थ र पारदर्शी बनाउन दलहरूले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिँदै नियम उल्लङ्घन गरेमा उम्मेदवारी रद्धसम्मको सिफारिस हुन सक्ने चेतावनी दिनुभयो। उहाँले उम्मेदवारले गर्न पाउने खर्च र गतिविधिबारे प्रष्ट पार्नुभयो । यस्तै, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले निर्वाचन र मतगणना अवधिभर सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिँदै नियम नमान्नेलाई कारबाही हुने बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जनप्रतिनिधिले प्रचार गर्न नपाउने, साउण्ड सिस्टम प्रयोगमा रोक र अनुमति लिएर बढीमा दुई वटा मात्र सवारी साधन प्रयोग गर्न पाइने नियमबारे जानकारी गराउनुभयो।

छलफलमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार जगीलाल थापाले भारतीय नम्बर प्लेटका सवारी साधनमा रोक लगाउनुपर्ने, मतदान केन्द्रमा सोही विद्यालयका कर्मचारी खटाउनुपर्ने र भड्किलो प्रचार सामग्री रोक्नुपर्ने सुझाव दिनुभएको थियो। जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले माघ ४ गतेदेखि नै आचारसंहिता लागू भइसकेको जानकारी दिँदै उम्मेदवारले चुनाव सकिएको १५ दिनभित्र खर्च विवरण सार्वजनिक गरी कार्यालयमा बुझाउनुपर्ने अनिवार्य व्यवस्थाबारे सचेत गराउनुभयो। निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले निर्वाचनलाई संयमित भएर सफल बनाउन आग्रह गर्नुभएको उक्त कार्यक्रममा दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार