मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

हवाई भाडामा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिनुपर्ने

Ujyalosandeshonline 12696+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कर्णाली प्रदेशलगायत दुर्गम क्षेत्रमा हवाई भाडामा विद्यार्थीहरुलाई ३३ प्रतिशत छुट गराउन सरकारलाई दबाब दिने भएको छ ।

यही फागुन २ गतेदेखि ४ गतेसम्म ललितपुरमा सम्पन्न अनेरास्ववियुको तेस्रो पूर्ण बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष समिक बडालले विद्यार्थीलाई हवाई भाडामा छुट दिन सरकारलाई दबाब दिने निर्णय गरेको जनाएको छ ।

त्यस्तै, अनेरास्ववियुले संगठनको  संगठनको ६० औं स्थापना दिवसका अवसरमा ‘अखिल फेस्ट–२०२४’ विद्यार्थी महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी,  बैठकले संगठनमा क्रियाशिल महिला नेतृत्वहरुको सशक्तिकरण तथा क्षमता अभिवृद्धि गर्न आउँदो जेठ १४ र १५ गते राष्ट्रिय महिला भेलाको आयोजना गर्ने निर्णय गरेको समेत बडालले बताए ।

बैठकले संगठनका आठ वटा प्रदेश कमिटिहरुको अधिवेशन सम्पन्न भएको अवस्थामा अवधि पुगेका विश्वविद्यालय राष्ट्रिय कमिटि, प्रदेश तथा जिल्ला सम्पर्क कमिटिहरु विद्यार्थी समन्वय कमिटिहरुको अधिवेशन आउँदो चैतभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।

बैठकले इजरायलमा वेपत्ता रहेका वीपीन जोशीको उद्धारका लागि पहल गर्न माग गर्ने, कृषि, काउन्सिलको स्थापनाका लागि पहल गर्ने, बालकुमारी घटनाको छानबिनका लागि गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक तथा दोषीलाई कारबाही गर्न दबाब दिने लगायतका निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार