मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

संविधान बिरोधीले टिप्पणी गर्ने बाटो नराखौं : मुख्यमन्त्री कडेल

Ujyalosandeshonline 12461+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाई गर्दा संघीयताप्रति नै टिकाटिकप्पणी गर्ने अवस्था आएको बताएका छन् । 

आइतबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कडेलले संविधान लागू भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधान बिरोधीले टिप्पणी गर्ने बाटो खुलेको धारणासमेत राखे ।

संविधानले परिकल्पना गरेका संरचनालाई अलमल नगरि कानून निर्माण गरेमा शान्ति सुरक्षा र विकास निर्माणले थप गति लिने मुख्यमन्त्री कडेलले बताए । प्रदेशका सबै सुरक्षा निकायहरुसँग समन्वयात्मक ढंले काम भइरहेको भएपनि व्यवहारिकता मात्रले मात्र समन्वय गर्दा कार्यान्वयनमा जटिलता आउने पनि मुख्यमन्त्री कडेलको धारणा थियो ।

संविधानतः प्रदेशलाई प्राप्त शान्ति सुरक्षा कायम गर्न  प्रहरी समायोजनको विषयलाई  अन्यौलपूर्ण नराखी छिटो टुंगोमा पुगाउन पनि मुख्यमन्त्री कडेले आग्रह गरे । उनले भने,‘गृहमन्त्री ज्यूलाई यो विषयमा राम्रोसँग जानकारी छ, जे गर्ने हो छिटो टुंगो लगाउनेतिर ध्यान दिनुहोला।’

गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा आयोजित गोष्ठीमामा गृहमन्त्री रमेश लेखकले संघीयता अनुसारको कानून बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सरकारको निरन्तर अस्थिरताले मुलुकमा विकास ,शान्ति सुरक्षा विकास र  आर्थिक समृद्धिमा बाधक बनेकोले संविधानको रक्षा गरी मुलुकमा स्थिरता दिन दुई ठूला दल मिलेर सरकार संचालन गरेको बताउदै गुहमन्त्री लेखकले सेवा प्रवाह र सुशासनको विषयमा कुनै पनि सम्झौता नगेर काम गर्न निर्देशन दिए । 

गोष्ठीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र केन्द्र, प्रदेश तथा जिल्लास्थित राष्टिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहेकोछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार