मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |
मुख्य समाचार
नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार |


सामन्ती र जमिनदारले गुमराहमा राखेको मर्चवार : अब विकास र समृद्धिको पालो

Ujyalosandeshonline 11002+ समाचार ( )
२ पौष २०८२, बुधवार

जनमत पार्टीका राष्ट्रिय सचिव तथा रूपन्देही क्षेत्र नं. ४ का प्रभावशाली युवा नेता भोपेन्द्र प्रसाद यादवसँग पत्रकार विवेक विश्वकर्माले समसामयिक राजनीति, मधेसका मुद्दा, कर्मचारीतन्त्रको अवस्था र मर्चवार क्षेत्रको विकास निर्माणबारे गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

राजनीतिमा तपाईंको औपचारिक प्रवेश कसरी भयो ?

मेरो राजनीतिक यात्रा २०६९ सालदेखि औपचारिक रूपमा सुरु भएको हो । डा. सीके राउतको नेतृत्वमा स्वतन्त्र मधेस गठबन्धनको अभियानबाट मैले आफ्नो यात्रा थालेको थिएँ । मधेस र मधेसी जनताको हक–अधिकार, संरक्षण र समस्याको दीर्घकालीन समाधानको निम्ति संघर्ष गर्नु नै मेरो मूल उद्देश्य हो । आज म जनमत पार्टीको स्थापनाकालदेखि संघर्ष गर्दै यहाँसम्म आइपुगेको छु । विगतमा मैले सरकारी सेवामा नाम निकालेर पनि मधेसी जनताको पीडा देख्न नसकी ती अवसरहरू त्यागेर मधेसको वकालत गर्न राजनीतिमा होमिएको हुँ ।

अहिलेको राजनीतिक र प्रशासनिक संरचनालाई कसरी हेर्नुभएको छ ?

संघीयता लागू भए पनि जनताले खासै उपलब्धि महसुस गर्न पाएका छैनन् । अहिले देशमा कर्मचारीतन्त्र (ब्युरोक्रेट) हावी भएको छ । पञ्चायती व्यवस्थादेखिकै ‘विषको बोतलमा अमृतको लेबल’ लगाउने प्रवृत्ति कायमै छ । पुरानै संरचना, पुरानै नीति–नियम र पुरानै मानसिकता भएका व्यक्तिहरू दोहोरिएका छन् । राजनीतिक नेतृत्वभन्दा पनि सचिवालय र कर्मचारीतन्त्रले देश चलाइरहेको जस्तो देखिन्छ । त्यसैले संरचनागत शुद्धीकरण बिना र ब्युरोक्रेटलाई सही लिकमा नल्याएसम्म एकजना मन्त्री वा सांसदले मात्र देशको मुहार फेर्न सक्दैन ।

आरक्षण र लोकसेवा आयोगबारे यहाँको निकै गुनासो सुनिन्छ, खास कुरा के हो ? 

आरक्षणमा ठूलो विभेद छ । मधेसको दलित वा जनजातिको कोटामा पहाडका टाठाबाठाहरूले अवसर लिइरहेका छन् । यो दोहोरो मापदण्ड गलत हो । अझ स्पष्ट भन्नुपर्दा, लोकसेवा आयोगको संरचनामै बदमासी छ । एउटै जिल्लाबाट १९–२० जना पास हुने तर अन्य सक्षम उम्मेदवार बाहिरिने अवस्था छ । यो संरचना नै आदिवासी, जनजाति, मधेसी, मुस्लिम र पिछडा वर्गको सहभागिता रोक्ने किसिमले डिजाइन गरिएको जस्तो देखिन्छ ।

तपाईंले मर्चवार क्षेत्र रूपन्देही–४ लाई नै आफ्नो कार्यक्षेत्र रोज्नुको कारण के हो ?

मेरो जन्मभूमि रोहिणी भए पनि मर्चवार मेरो कर्मभूमि हो । आजभन्दा करिब १६ वर्ष अगाडि मर्चवारको अवस्था हेर्दा त्यो ‘दोस्रो कर्णाली’ वा बिहारको पिछडिएको गाउँभन्दा पनि दयनीय लाग्थ्यो । अशिक्षा, गरिबी, स्वास्थ्य र सडकको अभाव चरम थियो । त्यहाँका जनता राज्यको उपस्थितिबाट बञ्चित थिए । त्यही अवस्था देखेर मैले त्यहाँका उपेक्षित जनताको आवाज बन्ने निधो गरेँ । त्यहाँका पुराना सामन्ती र जमिनदार नेताहरूले जनतालाई सधैँ गुमराहमा राखे । म त्यही विभेद र अविकास विरुद्ध लड्न मर्चवार केन्द्रित भएको हुँ ।

मर्चवारको विकास र रोजगारीका लागि तपाईंसँग के योजना छ ?

यस क्षेत्र आसपास थुप्रै उद्योग कलकारखाना छन्, जगदम्बा धागा कारखाना लगायतका ठूला उद्योगहरू छन् । तर विडम्बना, त्यहाँ स्थानीय युवाहरूले रोजगारी पाउँदैनन् । उद्योगहरूले बिहार र भारतबाट कामदार ल्याउँछन् । मेरो स्पष्ट माग छ– स्थानीय उद्योगमा स्थानीय युवालाई नै प्राथमिकता दिनुपर्छ ।

यस्तै, मर्चवारको सिँचाइ समस्या समाधान गर्न बिग्रेका पम्पहरूको मर्मत र नहरको स्तरोन्नति आवश्यक छ । शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ; न त राम्रो डिग्री कलेज छ, न त सुविधासम्पन्न अस्पताल । सामान्य उपचारका लागि पनि भैरहवा वा भारत जानुपर्ने बाध्यता छ । यी समस्याहरूको समाधान गर्दै ‘रिङ रोड’ निर्माण र कृषिमा आधुनिकीकरण गर्नु मेरो प्राथमिकता हो । 

हाम्रो मुख्य माग भनेको ‘कार्यकारी प्रधानमन्त्री’ को प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने हो । साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग जस्ता संवैधानिक अंगका प्रमुखहरू पनि जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ । जबसम्म शासकीय स्वरूप परिवर्तन हुँदैन र प्रत्यक्ष निर्वाचित कार्यकारी आउँदैनन्, तबसम्म यो अस्थिरता र सांसद किनबेचको खेल चलिरहन्छ ।

अन्त्यमा, आम मतदातालाई के भन्न चाहनुहुन्छ ?

‘सिंहदरबार गाउँ–गाउँमा पुग्यो’ भन्ने नारा मात्र भयो, वास्तवमा गाउँमा ‘सिंह’ हरू मात्र पुगेर जनतालाई दुःख दिए । अब पुराना, यथास्थितिवादी र चुनावमा पैसा, रक्सी र साडी बाँडेर भोट किन्ने नेताहरूलाई विदा गर्ने बेला आएको छ । म युवा हुँ, मसँग मर्चवारको विकासको स्पष्ट रोडम्याप छ । मर्चवारको दिशा र दशा परिवर्तन गर्न हामीजस्ता युवालाई एकपटक अवसर दिनुहोस् । चुनावको बेला प्रलोभनमा नपरी, आफ्नो भविष्य हेरेर ‘माइक’ छापमा मतदान गर्न म सम्पूर्ण मतदातालाई आग्रह गर्दछु ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार