मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

गृहमन्त्री र आईजीपीद्वारा अमर प्रहरी अमृत गुरुङको परिवारसँग भेटघाट

Ujyalosandeshonline 12463+ समाचार ( )
२८ मंगशिर २०८२, आइतबार

कास्की । गृहमन्त्री ओमप्रकाश अर्यालले 'जेनजी प्रदर्शन'का क्रममा वीरगति प्राप्त गरेका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग भेट गर्नुभएको छ। कास्कीको रुपा गाउँपालिका–५ रामदीस्थित गुरुङको निवासमै पुगेर गृहमन्त्री अर्यालले शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो।

भेटका क्रममा गृहमन्त्री अर्यालले राष्ट्रका लागि प्राण आहुति दिने वीर सपुतको परिवारलाई राज्यले एक्लो महसुस हुन नदिने बताउनुभयो। उहाँले पीडित परिवारलाई राज्यका तर्फबाट सकिने सम्पूर्ण सहयोगका साथै परिवारका सदस्यलाई रोजगारीको उपयुक्त प्रबन्ध गर्ने आश्वासन समेत दिनुभयो। सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठनले गुरुङको उच्च बलिदानलाई कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत गुरुङको गत भदौ २४ गते काठमाडौँको कोटेश्वरमा भएको 'जेनजी आन्दोलन'का क्रममा मृत्यु भएको थियो। वि.सं. २०७० सालमा प्रहरी सेवामा प्रवेश गरेका गुरुङको निधनप्रति गृहमन्त्री, गृहसचिव रामेश्वर दंगाल लगायत उच्च पदस्थ अधिकारीहरूले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार