मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

उखु खेतिको बिकल्पमा अन्य खेति खोज्दै कृषक

Ujyalosandeshonline 11768+ समाचार ( )
२२ पौष २०८१, सोमबार

दिपेश पौडेल 

रौतहट । रौतहटका कृषकले उखु खेतिको बिकल्पमा अन्नवाली लगायतका अन्य खेति गर्ने थालेका छन् । श्रीराम सुगर मिल बन्दपछि यहाँका कृषकले उखु खेति गर्न छाडेका हुन् । उखु खेतिबाट समयमा नै भुक्तानी नआउने र खेतिमा लागत बढी भएपछि विकल्पमा अन्य खेति गरेका हुन् । ०४९ देखि उखु खेतीगर्दै आएका बृन्दावन–७धमौराका रुप नारायण साहले विकल्पमा अन्य खेती गर्न थालेका छन् । 

यो सिजनमा उखु मासेर अन्य बाली लगाएको उनले बताए । तीन बिघाको खेतीबाट वार्षिक १५ देखि १७ सय क्विन्टल उखु चिनी मिललाई बेच्ने गरेको बताउँदै उनले रोप्ने देखि बिक्री गर्ने बेला सम्मे हैरानी हुने बताए ।

यहाँका कृषकले चलानी, भुक्तानीमा झमेला र मल अभावले उखु खेती लगाउन छाडेका छन् । अहिले खेतमा फाटफुट मात्र देखिने गरेको छ । करिब चार वर्षअघि उक्त मिल बन्द भएपछि मुस्किलले ५ हजार किसानले उखु खेती गरिरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । 

वार्षिक ३० लाख क्विन्टल उखु उत्पादन हुने रौतहटमा अहिले ७÷८ लाख मात्र हुने गरेको उनको भनाई छ । श्री राम सुग मिल बन्दभए पनि कटहरिया नगरपालिकामा तिन वर्ष देखि बाबा बैद्यनाथ सुगर मिल संचालनमा छ । गतबर्ष १५ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेको बैद्यनाथले ८ लाख भन्दा बढी उखु खरिद गर्न नसकेपछि बन्द भएको हो । रौतहटका उखु उत्पादक कृषकले मिल श्री राम सुगर मिल संचालन गर्नु पर्छ भन्ने अडानमा छन् भने उद्योगीहरु संचालन गर्न नसकिने अवस्थामा पुगेको बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार