मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतिहरु समाधान गर्न सकिँदैन् : अर्थमन्त्री

Ujyalosandeshonline 12547+ समाचार ( )
७ भाद्र २०८१, शुक्रबार

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले नीजि क्षेत्रको महत्व राम्रोसँग बुझेको बताएका छन्  ।

शुक्रबार  नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन खम्बे अर्थतन्त्रमा नीजि क्षेत्रलाई कमजोर बनाएर अर्थतन्त्रका चुनौतिहरु समाधान गर्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘वर्तमान सरकारले नीजि क्षेत्रको महत्व बुझेको छ, म दोहोर्याएर भन्न चाहन्छु नीजि क्षेत्रको महत्व अहिलेको सरकारले बुझेको छ, हामिले भन्ने गरेका छौं तीन खम्बे अर्थतन्त्र सरकारी क्षेत्र, सहकारी क्षेत्र र नीजि क्षेत्र, नीजि क्षेत्रको भूमिकालाई कमजोर बनाएर, नीजि क्षेत्रको भूमिकालाई न्युनिकरण गरेर, नीजि क्षेत्रमा संकुचनको अवस्था सिर्जना गरेर हामिले अर्थतन्त्रका आजका चुनौतिहरुको सामना गर्न सक्दैनौं, देशको अर्थतन्त्रलाई दिगो बनाएर अगाडि लग्न सक्दैनौं । ’

साथै, उनले गरेको कामको भुक्तानी सरकारले नरोक्ने भन्दै नीजि क्षेत्रका व्यवसायी सबैले भुक्तानी पाउने बताएका छन् ।

उनले भने, ‘नीजिका क्षेत्रका निर्माण व्यवसायीहरुले भन्नु हुन्छ भुक्तानी पाउनुपर्छ  भनेर तर सरकारले गरेको कामको भुक्तानी दिन्छौं हामी भनेर भनिरहेको छ । जब हामी काममा लगाउँछौं रितपूर्वक कानून सम्वद्ध ढंगले काम गरेको भुक्तानी सबैले पाउनुपर्छ, सम्बन्धित मन्त्रालयमा जानुस्, सम्बन्धित निकायमा जानुस् तपाईंले सम्पन्न गरेको कामको भुक्तानी पाउनु हुन्छ भन्यो सरकारले र क्रमशः भुक्तानी भैइरहेको पनि छ ।’

यस्तै, उनले बाँकी रहेको भुक्तानीको लागि रितपूर्वक दाबी गर्न आग्रह गरे ।  उनले जुनसुकै परिस्थितिमा पनि सरकारले भुक्तानी नरोक्ने आश्वासन पनि व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार