मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक

मनु सुनार 39+ समाचार ( )
१ श्रावण २०८३, शुक्रबार

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा पत्रकारहरुसँग भेटघाट गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले उक्त विवरण सार्वजनिक गर्नुभएको हो। प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार गत आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय कार्यालयबाट जारी गरिएका नागरिकतामध्ये ९ हजार ५६४ वंशजका आधारमा, ८ आमाको नामबाट वंशज, १ मातृत्व–पितृत्व विहीन वंशज, २७ अंगीकृत तथा ११ गैरआवासीय नेपाली नागरिकता रहेका छन्।

त्यस्तै, सोही अवधिमा ८ हजार ३७९ राहदानी सिफारिस गरिएको उहाँले बताउनुभयो। राहदानी सिफारिसबाट ४ करोड ३३ लाख ६३ हजार १ रुपैयाँ राजस्व संकलन भएको छ। सिफारिस गरिएका राहदानीमध्ये ८ हजार ३९७ कार्यालयबाट तथा १ हजार ११० हुलाकमार्फत सेवाग्राहीको घरमै वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनुभयो। यस्तै, राष्ट्रिय परिचयपत्र सेवातर्फ आर्थिक वर्ष २०८२/०८३ मा २२ हजार ३४४ जनाको नयाँ दर्ता भएको छ। 

हालसम्म जिल्लामा २ लाख ४१ हजार ८३४ जनाको दर्ता सम्पन्न भएको छ भने १ लाख ७१ हजार ४१८ जनाले राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त गरिसकेका छन्। त्यसमध्ये १ लाख १७ हजार ७६३ कार्ड वितरण भइसकेको उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी गैह्रेले प्रविधिमैत्री सेवा विस्तारसँगै नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउनेतर्फ जिल्ला प्रशासन कार्यालय निरन्तर प्रतिबद्ध रहेको समेत बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार