मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

मर्यादित महिनावारी मानव अधिकार र सामाजिक न्यायको अनिवार्य ‘एजेन्डा’ हुनुपर्छः सञ्चारमन्त्री खरेल

Ujyalosandeshonline 11004+ समाचार ( )
२२ मंगशिर २०८२, सोमबार

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मर्यादित महिनावारीलाई मानवअधिकार, सामाजिक न्याय र लैङ्गिक समानताको अनिवार्य ‘एजेन्डा’ का रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको तीनदिने अन्तरराष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन–२०२५ को उद्घाटन सत्रमा उहाँले महिनावारीसँग जोडिएका मौनता, मिथक र कुसंस्कारले पितृसत्तात्मक संरचनालाई मजबुत बनाउने भन्दै यसविरुद्ध लाग्ने र मर्यादित महिनावारीका लागि पैरवी गर्ने सबैको साझा जिम्मेवार भएको बताउनुभयो । 

मन्त्री खरेलले घर, विद्यालय, कार्यस्थल र सार्वजनिक जीवनसम्म सम्मानजनक वातावरण निर्माण गर्न सरकारले पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कर्तेभालले महिनावारीसम्बन्धी विभेद विश्वव्यापी समस्या रहेको बताउँदै यसविरुद्धको अभियानले लैङ्गिक समानता र मानवअधिकार प्रवर्द्धनमा योगदान पु¥याइरहेको उल्लेख गर्नुभयो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले खुला संवाद, नीतिगत स्पष्टता र सामाजिक व्यवहार परिवर्तनबाट मात्र मर्यादित महिनावारीको लक्ष्य हासिल हुनसक्ने बताउनुभयो । उहाँले मन्त्रालयले मर्यादित महिनावारी निर्देशिका तयार गर्न लागेको र सो अन्तिम प्रक्रियामा रहेको जानकारी गराउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले पठाएको शुभकामना सन्देश पनि वाचन गरिएको थियो । प्रधानमन्त्री कार्कीले विद्यालय, परिवार, समुदाय र सार्वजनिक स्थानमा सुरक्षित र सम्मानजनक वातावरण निर्माणमा राज्य, समाज र नागरिकको समान भूमिका रहेको बताउनुभएको थियो । “महिनावारीलाई स्वभाविक, जैविक र सम्मानित प्रक्रिया मान्दै विभेद, बहिष्कार तथा हिंसाजस्ता सबै रूप अस्वीकार्य छन्”, सन्देशमा भनिएको छ, “मर्यादित महिनावारीसम्बन्धी राष्ट्रिय सङ्कल्प प्रस्तावले आगामी कानुन, नीति तथा व्यवहार परिवर्तनका लागि स्पष्ट मार्गचित्र तयार गरेको छ । त्यसको भावनाअनुसार अगाडि बढ्न आवश्यक छ ।”

सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा आयोजित सम्मेलनमा नेपालसहित २१ देशका १४० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । ग्लोबल साउथ कोअलिशन फर डिग्निफाइड मेन्स्टुरेसन र राधा पौडेल फाउन्डेशनको संयुक्त आयोजनामा भइरहेको सम्मेलनमा राष्ट्रिय युवा परिषद्, युवा तथा खेलकुद मन्त्रालयलगायतको सहकार्य रहेको छ । 

सम्मेलनका क्रममा १३ वटा विषयगत सत्रमा प्रस्तुति, प्यानल छलफल, प्लेनरी, रणनीतिक कार्यशालाका साथै पुस्तक, अनुसन्धान, गीत तथा नाट्य प्रदर्शन हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार