मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

मौलिक साँस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12547+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक साँस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नु सबैको दायित्व भएको बताएका छन । महाशिवरात्री पर्व, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश सरकारले मौलिक कला, संस्कृति तथा सम्पदाको संरक्षणका लागि नीति अवलम्बन गरिरहेको उनले बताएका हुन् ।

आधुनिकताको प्रभावसँगै पर्वहरू मनाउने शैलीमा परिवर्तन भए पनि त्यसका नाममा विकृति तथा विसंगति फैलिन नदिन सबै पक्ष सचेत रहनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले आफ्नो सन्देशमा महाशिवरात्री भगवान शिवको उत्पत्तिसँग सम्बन्धित पवित्र पर्व रहेको उल्लेख गर्दै यसलाई कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक मानिने बताए  ।

उनले देशभरका शिवालयहरूमा विशेष आराधना भइरहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशका धार्मिक मठ, मन्दिर तथा सम्पदाहरूलाई आपसमा जोड्ने पर्यटन सर्किटको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।मुख्यमन्त्री आचार्यले नेपाली भूमि र भगवान शिवबीचको ऐतिहासिक सम्बन्धलाई उजागर गर्दै नेपाल सदा आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको उल्लेख गरे ।

वैदिक परम्परामा शिवलाई संहारका शक्ति मानिए पनि उहाँमा सौम्य र रौद्र दुवै स्वरूप समाहित रहेको बताउँदै प्रकृतिको सिर्जनात्मक तथा संहारकारी शक्तिलाई समान रूपमा प्रतिनिधित्व गर्ने धारणा व्यक्त गरे । मुख्यमन्त्री आचार्यले महाशिवरात्रि पर्वले सबैलाई आफ्ना आचरण, व्यवहार र चिन्तनलाई सकारात्मक बनाउँदै अगाडि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार