रुपन्देहीको कोटहीमाईमा पसलमा आगलागी, लाखौंको क्षति

जैसमोहम्मद खान 74+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

मर्चवार ।रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मझगावाँमा रहेको एक नास्ता पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । मझगावाँ चोकमा चन्द्रभान यादवले सञ्चालन गर्दै आएको नास्ता पसलमा मंगलबार राती आगलागी भएको हो । यादव परिवारको बसोबास समेत रहेको उक्त पसलमा आगलागी हुँदा लत्ताकपडा, खाद्यान्न, भाडावर्तन, खाट लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मझगावाँले जनाएको छ ।

राती करिब १० बजेको समयमा आगलागी सुरु भएको थियो । आगलागी भएलगत्तै स्थानीय र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए । तर, समयमा दमकल नआउँदा क्षति बढी भएको स्थानीयले गुनासो गरेका छन् । पछि सशस्त्र प्रहरी बल मझगावाँ, इलाका प्रहरी कार्यालय मझगावाँ र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र क्षतिको पूर्ण विवरण संकलन गर्ने कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार