मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

वृद्धा हत्याका पाँच आरोपित सार्वजनिक

Ujyalosandeshonline 12696+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

झापा । बिर्तामोड–४ की वृद्धा विष्णुमाया विष्टको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको मुख्य अभियुक्त गंगाप्रसाद राजवंशी रहेको जनाएको छ ।

चोरी गर्ने उद्देश्यले राजवंशीको समूहले ६८ वर्षीया विष्टको हत्या गरेको खुलेको झापाका प्रहरी प्रमुख मिलन केसीले बताए । बिर्तामोड–४ का २२ वर्षीय राजवंशीले सोही स्थानका २३ वर्षीय महेश राजवंशीको सहयोगमा हत्या गरेको केसीले जानकारी दिए ।

प्रहरीले चोरीको सामान लुकाउन भूमिका खेलेको अभियोगमा गंगाप्रसादकी श्रीमती वर्षा राजवंशी, चोरीको सामान बेच्न सघाउने सोही ठाउँमा ‘ज्याक’ भनिने भगीरथ माझी र चोरीको सामान खरिद गर्ने अर्जुनधारा–६ का हनुमान सुनचाँदी पसल सञ्चालक धनबहादुर कामीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार गंगाप्रसाद र महेश राजवंशी मिलेर चोरी गर्ने योजनाअनुसार वैशाख २६ गते विष्टको घरमा गएका थिए । घरमा एक्लै रहेको समयमा चोर आएको जस्तो लाग्यो भनेर उनले काठमाडौंमा रहेका छोरालाई फोनमा जानकारी गराइन् । त्यसपछि उनका छोराले छिमेकीलाई घरमा जान भने । छिमेकी आएर होहल्ला गरेपछि  राजवंशीद्धय भागेका थिए ।

घटनाअनुसार छिमेकीहरु आआफ्नो घर फर्किएपछि फेरि राजवंशीले त्यो घरमा चोरी गर्ने योजना बनाए । नजिकै लुकेर बसेका उनीहरु घरको पर्खाल नाघेर भित्र पसे ।

चोरी गर्ने क्रममा विष्टले होहल्ला गर्न थालेपछि ताला फुटाउन ल्याएको रडले हिर्काएर हत्या गरेको खुलेको छ । वृद्धाको टाउकोमा गंगाप्रसादले तीन पटक रडले प्रहार गरेको स्वीकार गरेका छन् ।

प्रहरीले वृद्धाको हत्या घटनालाई ‘अपरेसन ब्ल्याक ब्याग’ नाम दिएर अनुसन्धान सुरु गरेको थियो । प्रारम्भमा कुकुर ल्याएर अनुसन्धान गरेको भए पनि त्यो प्रभावकारी हुन सकेको थिएन ।

घटनाका अभियुक्तकोे खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए । सीआइबी, प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले संयुक्त अनुसन्धान गरेका थिए ।

प्रहरीले घटनास्थलबाट ताला फुटाउन प्रयोग भएका फलामका उपकरण, सुनको औंठी, सुनको बाला, सुनको सिक्री, सुनको टप, सुनको जन्तर र चाँदीको कलश बरामद गरेको जनाएको छ । अभियुक्तहरुलाई हिरासतमा राख्न अदालतबाट म्याद थप गरी प्रहरीले आवश्यक अनुसंधान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार