मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अर्घाखाँचीमा कांग्रेस–एमाले–माओवादी–जनमोर्चाको गठबन्धन फेल, अध्यक्ष र कोषाध्यक्षमा स्वतन्त्रको जित

अनिल नेपाली 141+ समाचार ( )
४ मंगशिर २०८२, बिहीबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको निर्वाचनमा एमाले, कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको बलियो संयुक्त गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । भुसालले ५६३ मत प्राप्त गरी गठबन्धनका साझा उम्मेदवार युवराज केसीलाई १२० मतको फराकिलो अन्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो ।

अध्यक्षसँगै बरिष्ठ उपाध्यक्ष बेदराज घिमिरे र कोषाध्यक्ष पदमा पनि स्वतन्त्र उम्मेदवार सरिता महत विजयी हुनुभएको छ भने उपाध्यक्ष, सचिव, सह-सचिव लगायत अन्य पदाधिकारी र सदस्यहरूमा भने गठबन्धनका उम्मेदवारहरूले नै बाजी मारेका छन् । निर्वाचन परिणाम अनुसार उपाध्यक्षमा गठबन्धनका भेष बहादुर केसी, सचिवमा जिबलाल पौडेल र सह-सचिवमा कल्पना पोख्रेल निर्वाचित हुनुभएको छ । जिल्लामा ठूला दलहरू एकठाउँ हुँदा पनि स्वतन्त्र उम्मेदवारले नेतृत्व हत्याउनुलाई दलहरूप्रतिको वितृष्णा र स्वतन्त्र उम्मेदवारप्रतिको बढ्दो जनलहरका रूपमा विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार