मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

महेशपुर सीमा नाकाबाट तस्करी बढेको नागरिकको गुनासो

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ श्रावण २०८१, शनिबार

परासी । नवलपरासीको महेशपुर क्षेत्रका नाकाहरुबाट चोरी तस्करी बढेको छ । महेशपुरको मुख्य नाका क्षेत्र मध्ये अमनीगंज, गोपालपुर–मुडेर, भुजहवा लगायत नवलपरासीको विभिन्न सीमावर्ती नाकाहरु निर्वाध रुपमा अवैध रुपमा विभिन्न साम्रगी भित्रिरहेपनि प्रशासनले चासो नदिएको स्थानीयहरुले गुनासो गरेका छन् । 

राजस्व चुहावट नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीले समेत यसरी हुने तस्करीमा चासो नदेखाउँदा करोडौं राजस्व गुमिरहेको सीमा क्षेत्रका बासिन्दाहरुको भनाइ छ । उनीहरुका अनुसार भारतबाट आउने माछालाई चेकजाँच गरेर मात्रै नेपाल भित्रिन दिन व्यवस्था भएपनि सीमानाका भुजहवानाकाबाट निर्वाध रुपमा भित्रिने गरेको छ ।

भारतबाट कपडा, चिनी, हार्डवेयरका सामान, गाडीका पार्टपुर्जा, कुखुरा, खाद्यान्न सामग्रीहरु खुलेयाम तस्करी भइ सदरमुकाम परासी बजारसम्म पुग्ने गरेका छन् । सीमावर्ती सहर ठुठिबारीबाट बिना भन्सारका लाखौं मूल्य बराबरको अवैध समान दिनहुँ भित्रिरहेको स्थानीयको भनाइ छ । त्यस्तै भुजहवा नाकाबाट ब्रोईलर कुखुरा, खाद्यान्न ,चिनी, कपडा, हार्डवेयरका सामान खुलेयाम आउने गरेको छ । भने नेपालबाट गोपालपुर–मुडेर नाका हुँदै कवाडको तस्करी हुने गरेको छ ।

तस्करहरुले रातीको ११ बजेदेखि बिहानको ३ बजेसम्म सामान भित्रयाउने गरेको सीमा क्षेत्रका बासिन्दाको आरोप छ । यसरी सामान भित्राउदा प्रहरीले भने चासो नदिने गरेकाले मिलेमतोको आशंका गरिएको छ । यता नवलपरासी प्रहरीले भने भारतबाट अवैध रुपमा नेपाल भित्रिने सामान बरामद गरी भन्सार कार्यालय पठाउँदै आएको दावी गरेको छ । सीमा क्षेत्रमा हुने तस्करीलाई निरुत्साहित गर्न सामान बरामद गरी भन्सार पठाउने गरिएको र पछिल्लो समय प्राय दैनिकजसो अवैध सामान बरामद गर्दै आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार