मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

लुम्बिनीका मुख्यमन्त्रीले गरे शक्ति पीठहरुको दशर्न, पुरातात्त्विक सम्पदाको संरक्षण गरिने

Ujyalosandeshonline 12537+ समाचार ( )
२९ अशोज २०८१, मङ्गलबार

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लामा रहेका विभिन्न शक्ति पिठहरुको दर्शन गरेका छन् । मुख्यमन्त्री आचार्यले मालारानी गाउँपालिका स्थित रागामारे मन्दिर र मालारानी मन्दिरको दर्शन गरेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले पुरातात्त्विक महत्त्व बोकेका मठ, मन्दिर तथा सम्पदाको संरक्षण, सम्बर्द्धन र विकासका लागि प्राथमिकतामा राखेर लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा प्राकृतिक स्थलहरुलाई जोड्नेगरी योजना बनाएको छ ।

‘सबै धर्म, संस्कृति, परम्परा, सम्पदाहरुलाइ प्रदेश सरकारले समान महत्त्व दिन्छ। पुरातात्त्विक सम्पदाको संरक्षणका लागि सरकारले योजना बनाएको छ’, उनले भने, ‘समुदायको साथ, सहयोग र सहकार्यबाट संरक्षण, सम्बर्द्धनका कामहरु हुन्छन।’

प्रदेश सरकारले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर ‘घुमौं लुम्बिनी’ को लागि आह्वान गरेको थियो । गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किट मार्फत १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुका पुर्‍याउने योजना अघि सारिएको हो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पूरा गर्ने आधार कृषि, पर्यटन र उद्योगलाई मानिएको छ । पर्यटन मैत्री वातावरण निर्माणको जिम्मा सरकारले लिने मुख्यमन्त्री आचार्यको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार