मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

भारतसँगको सीमावर्ती क्षेत्रका सीमास्तम्भहरुको अनुगमन गरिँदै

Ujyalosandeshonline 12548+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

विराटनगर । भारतसँग सीमा जोडिएको सुनसरीका विभिन्न क्षेत्रमा रहेका सीमा स्तम्भहरुबारे अध्ययन गर्न थालिएको छ ।

यसका लागि सुरक्षा निकायका अधिकारीहरु सहितको टोलीले सीमा क्षेत्र भ्रमण सुरु गरेको छ ।

जिल्ला सुरक्षा समिति सुनसरीको निर्णयअनुसार नेपाल–भारत अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा ५ दिने सीमा पैदल यात्रा तथा अन्तर्क्रिया पनि गर्न थालिएको छ ।

भारतसँग सीमा जोडिएको सुनसरीको ६१.९ किलोमिटर क्षेत्रको अनुगमन थालिएको हो ।

सीमा पैदल यात्राका क्रममा प्रारम्भिक चरणमा सशस्त्र प्रहरी बल नेपाल बीओपी साहेवगञ्ज र सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीमा अन्तरक्रिया गरिएको छ ।

त्यसक्रममा सीमासँग सम्बन्धित विषयमा विभिन्न सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, राजनीतिक दलक स्थानीय नेतासहित उपस्थित रहेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सुनसरीका प्रदेश सांसद इस्राइल मन्सुरी, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपाल बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल सहभागी थिए ।

त्यसैगरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, सीमास्थित सशस्त्र प्रहरी बलका अधिकारी, नेपाल प्रहरीका युनिटका प्रमुखहरू, स्थानीयबासी, बुद्धिजीवी, समाजसेवीहरूको पनि सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार