मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नवलपरासीमा ड्रोन उडानसम्बन्धी कडाइ, नियम पालना नगरे कारबाही हुने

सितमती हरिजन 24+ समाचार ( )
१३ अशोज २०८२, सोमबार

सुस्ता । जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले ड्रोन उडानसम्बन्धी कार्यविधि, २०७५ को पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ। गृह मन्त्रालयको निर्देशनमा जारी गरिएको एक सूचनामार्फत प्रशासनले व्यक्तिगत तथा संस्थागत कार्यक्रम, सांस्कृतिक, धार्मिक वा परम्परागत पर्व/उत्सवहरूमा मनोरञ्जनका लागि ड्रोन उडाउँदा तोकिएको नियम पालना गर्नुपर्नेमा जोड दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी पोषत राज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा कतिपय अवस्थामा निर्देशिकाको पालना नगरी ड्रोन उडाइएको पाइएको उल्लेख छ। यस्ता गतिविधिले सुरक्षा संवेदनशीलतामा चुनौती थप्न सक्ने भन्दै प्रशासनले अब उप्रान्त निर्देशिकामा भएको व्यवस्था अनुसार मात्रै ड्रोन उडान गर्न सूचित गरेको छ।

के छन् नियम ?

"मानवरहित हवाई उपकरण (Remotely Piloted Aircraft (RPA) Popularly Known As "DRONE" उडान सम्बन्धी कार्यविधि, २०७५" अनुसार ड्रोन उडान गर्नुअघि स्थानीय प्रहरीलाई अनिवार्य जानकारी गराउनुपर्नेछ। यो नियम घर वा निजी क्षेत्रभित्र उडान गर्दा पनि लागू हुनेछ। कार्यविधिले ड्रोन उडानका लागि निश्चित मापदण्ड र प्रक्रियाहरू तोकेको छ, जसको पालना गर्नु सबैको दायित्व हुनेछ।

नियम उल्लंघन गरे के हुन्छ?

जिल्ला प्रशासन कार्यालयले निर्देशिकामा भएको व्यवस्था अनुसार ड्रोन नउडाएको पाइएमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ। यसको अर्थ, अनुमतिबिना वा तोकिएको प्रक्रिया पूरा नगरी ड्रोन उडाउने व्यक्ति वा संस्था कारबाहीको भागीदार हुनेछन्। प्रशासनले यो कदम सुरक्षा व्यवस्थालाई सुदृढ पार्न र हवाई सुरक्षामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न चालिएको बताएको छ। यसले ड्रोन प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगलाई बढावा दिने अपेक्षा गरिएको छ।

नागरिक समाजका अगुवाहरूले प्रशासनको यो कदमको स्वागत गर्दै यसले कानुनको शासन स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले ड्रोन प्रविधिको दुरुपयोग रोक्न यस्ता नियमहरूको कडाइका साथ पालना हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार