मुख्य समाचार
भोजपुरको मानेभञ्याङ बजार | इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित | डिएसपी जिसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ | नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल | मानव बेचबिखनका दलाललाई कडा सजाय देउ, सीमापारि नर्कमा रहेका चेलीको तत्काल उद्धार गर: सांसद पौड्याल | हिमाल अवलोकन गर्दै पर्यटक | भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड | जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन | पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना | मुस्ताङमा तिजी पर्वकाे रौनक |

सूचनाको हक सम्बन्धी ऐन प्रभावकारी ढंगले कार्यन्वयन गर्न आवश्यक : उपराष्ट्रपति

Ujyalosandeshonline 11268+ समाचार ( )
३ भाद्र २०८१, सोमबार

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनको लागि सबैजना सक्रियताका साथ लाग्न जरुरी रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्धारा राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको भन्दै यस सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनको लागि सबैजना थप सजकता र सक्रियताका साथ लाग्न जरुरी रहेको बताएका हुन् । 

उनले भने,‘ सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको छ । सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनको लागि सम्बन्धित सबैले थप सजकता तथा सक्रियताकासाथ अधिकतम प्रयासमा लाग्न जरुरी छ ।’ 

उपराष्ट्रपति यादवले सूचनाले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चीतता गर्नकासाथै आम जनतालाई सरकारको कामबारे जानकारी प्रदान गर्ने भएकाले जनता र सरकार दुवैमा यसले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

सूचनाले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउने मात्र नभई भ्रष्टाचार र अनियमितताई कम गर्र्न पनि उनको भनाई छ । 

उनले भने,‘सूचनाको हकले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चीतता गर्दछ । आम जनतालाई सरकारले कसरी काम गरिरहेको छ भन्ने जानकारी यसबाट प्राप्त गर्न सकिन्छ ।यसले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही मात्र बनाउँदैन् ,भ्रष्टाचार र अनियमितताहरुलाई कम गर्न पनि सघाउँछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार