मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

प्रधानमन्त्री दाहाल भारतबाट स्वदेश फिर्ता

Ujyalosandeshonline 12321+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर सोमबार स्वदेश फर्किएका छन् ।

आइतबार दिउँसो भारत गएका उनको टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी थिए । 

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका छन् । 

भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए भने तेस्रो कार्यकालका लागि नियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए । उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग नेपाल–भारतबीचका आपसी हित र चासोका विषयमा छलफल गरेका थिए । 

प्रधानमन्त्री दाहालले प्रेस विज्ञप्ति जारी गर्दै भ्रमणका दौरान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आइतबार मोदीको सपथ ग्रहण कार्यक्रमसँगै राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुद्वारा राष्ट्रपति भवनमा आयोजित रात्रीभोजमा सहभागी भएको उल्लेख गरेका छन् । भ्रमणका दौरान राष्ट्रपति मुर्मु, उपराष्ट्रपति जगदीप धनखड़ र प्रधानमन्त्रीसँग भेटघाट गरेको दाहालले उल्लेख गरेका छन् ।  

मोदीसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने तथा दुई मुलुकबीच विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयन, सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी भएको दाहालले बताएका छन् । 

मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र उपयुक्त समयमा भ्रमण गर्ने जवाफ पाएको विज्ञप्तिमा छ । मन्त्री डा. एस. जयशंकरसँगको शिष्टाचार भेटमा नेपाल र भारतबीच विविध पक्षमा रहेको सहयोगात्मक सम्बन्धलाई सुदृढ गर्दै जाने बारेमा छलफल तथा विचारको आदानप्रदान भएको उनले जनाएका छन् । दाहालले भारतीय उद्योगी व्यवसायीसँग भेट गर्दै नेपालमा लगानी गर्न आह्वान गरेको पनि बताएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार