मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

Ujyalosandeshonline 11768+ समाचार ( )
४ कार्तिक २०८२, मङ्गलबार

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लबले जितेको छ ।  फाइनल खेलमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब गिरुबारी, नवलपुरलाई १–० गोलअन्तरले पराजित गर्दै ज्योतिपुञ्जले तेस्रो संस्करणको उपाधि प्राप्त गरेको हो ।

फाइनल खेलमा ज्योतिपुञ्जले सुमित श्रेष्ठको गोलको मद्दतमा उपाधि जित्न सफल भएको हो । विजेता ज्योतिपुञ्जले रु तीन लाख ५० हजार र उपविजेता युनाइटेड युथ क्लबले रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल शाहीले जानकारी दिए । सेमिफाइनलमा पराजित अभिषेक चर्च रजहर र देवदह ब्वाइजले रु २५÷२५ हजार पाए ।    

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ज्योतिपुञ्जका आशिष गुरुङ, उत्कृष्ट गोलकिपर ज्योतिपुञ्जकै सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनाइटेडका सुमित मल्लाह, सर्वाधिक गोलकर्ता देवदह ब्वाइजका आशिष जिसी, उदियमान खेलाडी युनाइटेडका यामप्रसाद बुढा र उत्कृष्ट प्रशिक्षक ज्योतिपुञ्जका केशवराज श्रेष्ठ घोषित भए ।

समापन समारोहमा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रतियोगिताले नयाँ खेल प्रतिभालाई आकर्षित गरेको बताए । किसानबारीमा रङ्गशाला निर्माण गर्न नगरपालिकाले रु दुई करोड विनियोजन गरेको उहाँले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार