मुख्य समाचार
रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु | ५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा | कालीगण्डकी कोरिडोरको मालढुङ्गा–बेनी सडक | प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए | रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ | प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान | जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल | लुम्बिनी प्रदेश सभाःथारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो | खोटाङको कालिका भगवती मन्दिर | सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी |

सीमा क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधार गर्न सरोकारवालाको जोड

Ujyalosandeshonline 11701+ समाचार ( )
१५ श्रावण २०८२, बुधवार

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले नेपाल-भारत सीमाक्षेत्र बेलहियामा ट्राफिक सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सीमा क्षेत्रमा देखिने ट्राफिक समस्या समाधानका लागि सरोकारवाला निकायहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

भैरहवा भन्सार कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले ओभरलोड र भारतीय ट्याक्सीको अव्यवस्थित सञ्चालन सीमा क्षेत्रको मुख्य समस्या रहेको बताएका छन् । उनीहरूले यी समस्या समाधानका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे । स्थानीय बासिन्दाहरूले अव्यवस्थित पार्किङले गर्दा भिडभाड बढ्नुका साथै आवतजावतमा समेत कठिनाइ हुने गरेको गुनासो गरे ।

कार्यक्रममा नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थीले सीमा क्षेत्रको ट्राफिक व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए । उनले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन भन्सार एजेन्ट संघले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले भन्सार क्षेत्रमा अनावश्यक भिडभाड हटाउनुपर्ने आवश्यकता औँल्याउँदै यस कार्यमा सरोकारवाला निकायहरूको सहयोग अपरिहार्य रहेको बताए । उनले भन्सार बिन्दुबाटै ट्राफिक नियमको पालना गराउन ट्राफिक प्रहरी र नेपाल प्रहरीले सक्रियता बढाउनुपर्ने सुझाव दिए ।

सहभागीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख तथा कार्यक्रमका प्रशिक्षक प्रहरी निरीक्षक रन्जु के.सी.ले भन्सार बिन्दुबाटै ओभरलोड नियन्त्रण गर्न सबैको सहयोग आवश्यक रहेको बताइन् । उनले सीमा क्षेत्रमा रहेका भारतीय ट्याक्सीहरूलाई व्यवस्थित गर्ने र अव्यवस्थित पार्किङ हटाउने कार्यमा ट्राफिक प्रहरीले काम गरिरहेको जानकारी दिइन् ।

कार्यक्रममा ट्राफिक प्रहरी, भैरहवा भन्सार कार्यालयका कर्मचारी, नेपाल भन्सार एजेन्ट संघका सदस्यहरू, सञ्चारकर्मी, सशस्त्र प्रहरी, ट्याक्सी व्यवसायी संघ, र विभिन्न सामाजिक संघ–संस्थाहरूको सहभागिता रहेको थियो । सहभागी संघ–संस्थाहरूमा बेलहिया गाउँ समाज, रेडक्रस सोसाइटी बेलहिया उपशाखा, लुम्बिनी खुकुरी क्लब, नेपाल भारत मैत्री संघ, बेलहिया माध्यमिक विद्यालय, सोट्टो नेपाल, गृह लक्ष्मी समूह, बेलहिया आमा समूह, आफन्त नेपाल बेलहिया, ज्ञानपथ आमा समूह, र भूपू सैनिक संघ लगायत दर्जनौं संस्थाहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार