मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

Ujyalosandeshonline 12552+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

भैरहवा । प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बोहोराटर बस्ने २८ वर्षीय विजय बोहोरा, बुढानिलकण्ठ नगरपालिका–६ बस्ने ३६ वर्षीय अनिल तामाङ,३९ वर्षीया मुस्कान तामाङ र काठमाडौं महानगरपालिका–१५ बस्ने ३७ वर्षीय हरि बहादुर बस्कोटा रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बिजयको साथबाट करिब ५सय मिलिग्राम उक्त पदार्थ, अनिलतथा मुस्कानको कोठाबाट २ ग्राम ५ सय मिलिग्राम तथा नगद २० हजार रूपैयाँ र हरिबहादुरको कोठाबाट १० ग्राम उक्त पदार्थ, नगद ६० हजार रूपैयाँ र डिजिटल तराजु बरामद गरेको हो ।

बर्दिया, गुलरिया नगरपालिका–३ निमकोठिया बस्ने २४ वर्षीय जगमोहन रैदासलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका–१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय दिप्पु चौधरीर २९ वर्षीय अशोक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका–७ इँटाभट्टा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित मेचिनगर नगरपालिका–७ बस्ने २९ वर्षीय अमर रिमाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्तपदार्थ सहितपक्राउ गरेको हो ।

रौतहट, चन्द्रपुर नगरपालिका–५ राजपैडाटोल बस्ने ३५ वर्षीय किरन कुमार विश्वकर्मालाई अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउगरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्तगाँजा फेलापारी उनलाई पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका–२० भज्याङ छेउस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित ईटहरी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय रामकुमार चौधरी समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायीप्रहरी पोष्ट बिष्णु पादुकाबाट खटिएको प्रहरीले को.२७ प ४८४७नम्बर, को.१८ प४६४० नम्बर, प्रदेश नं. १–०२–००६ प ६५० नम्बरका ३ वटा मोटरसाइकल र बागमती प्रदेश–०१–०२६ च ५०१९ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार