मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

नेकपा एसले बुझायो कोशीका मुख्यमन्त्रीलाई ज्ञापन

Ujyalosandeshonline 12206+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

इटहरी । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले जनजीविकाका विविध विषयहरू उठाउँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज एक ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले नेतृत्व गरेको टोलीले तत्काल कार्यान्वयन गर्नुपर्ने र दीर्घकालीन रूपमा समाधान खोज्नुपर्ने मुद्दाहरू समेटेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार सक्षम भएको हदसम्मका मागहरू तत्काल पूरा गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेलले जानकारी दिए । बाँकी मागहरूलाई क्रमिक रूपमा कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने आश्वासनसमेत मुख्यमन्त्रीले बताएका छन् । 

पार्टीको केन्द्रीय निर्देशनअनुसार आयोजित यस कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको समेत उपस्थिति रहेको थियो । उनले सरकार अहिले नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले जनसम्बन्धी मागहरू सम्बोधन गर्न उपयुक्त समय भएको धारणा राखे । आफ्नो पार्टी जनताको आधारभूत समस्यालाई सधैं प्राथमिकतामा राख्नेमा प्रतिबद्ध रहेको नेकपा एकीकृत समाजवादीले बताएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार