घूस लिने नापी सर्वेक्षक र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

Ujyalosandeshonline 11142+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

काठमाडौं । सेवाग्राहीबाट लिएको घूसको रकमसहित पक्राउ परेका काठमाडौंको कलंकीस्थित नापी कार्यालयका सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

जग्गा हालसाविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिन लिएको घूसको एक लाख रुपैयाँसहित नियन्त्रणमा लिइएका दुवैविरुद्ध आइतबार विशेष अदालतमा  मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो । 

आयोगका अनुसार सेवाग्राहीबाट लिएको घूसको रकममा सर्वेक्षक चौलागाईँ र राजधानी लेखापढी सेवाका पोखरेलबाट ५०÷५० हजार बरामद भएको थियो । उनीहरुलाई अख्तियारको टंगालस्थित कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार