मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

रुपन्देही–३ मा रास्वपाको चुनावी माहोल तात्दै : नयाँ विकल्पको खोजीमा मतदाता

Ujyalosandeshonline 12548+ समाचार ( )
१० फाल्गुन २०८२, आइतबार

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको छ । पुराना राजनीतिक दलहरूप्रति बढ्दो निराशाबीच नयाँ विकल्पको खोजीमा रहेका यस क्षेत्रका मतदाताहरूमाझ रास्वपाप्रतिको आकर्षण र उत्साह बढेको पाइएको छ । रास्वपाका तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार डा. लेखजंग थापासहित समानुपातिक उम्मेदवारहरू ज्ञानु पौडेल र पुनमकुमारी अग्रवाललगायतका नेता कार्यकर्ता यतिबेला घरदैलो अभियानमार्फत मतदाताको घरआँगनमा पुगेर मत मागिरहनुभएको छ ।

सहर र ग्रामीण बस्तीको सम्मिश्रण रहेको यस निर्वाचन क्षेत्रमा विशेषगरी कृषि र व्यापारको व्यापक सम्भावना रहेको छ । घरदैलो अभियानका क्रममा टोलबस्तीमा पुगेका उम्मेदवारहरूसँग स्थानीय मतदाताले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक पूर्वाधार र सुशासनलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेका छन् । कृषकहरूले समयमै मल र बीउको उपलब्धता, सिँचाइ तथा बजार सुनिश्चितताको स्पष्ट योजना माग गरेका छन् भने महिला समूहहरूले सुरक्षित मातृत्व सेवा, सीपमूलक तालिम र साना उद्यम प्रवर्द्धनमा जोड दिनुपर्ने आवाज उठाएका छन् ।

मतदाताका गुनासा र सुझाव सुनेपछि रास्वपाका उम्मेदवार डा. थापाले सुशासनलाई आफ्नो पहिलो एजेन्डा बनाएको बताउनुभएको छ । विकास, पारदर्शिता र जवाफदेहिताको मुद्दा लिएर चुनावी मैदानमा उत्रिनुभएका डा. थापाले रुपन्देही–३ लाई नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नीतिगत सुधार, भ्रष्टाचार नियन्त्रण र स्थानीय सम्भावनाको अधिकतम उपयोग गर्दै दीर्घकालीन विकासको आधार तयार गर्ने उहाँको योजना छ ।

यस निर्वाचन क्षेत्रमा युवा, शिक्षित वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका मतदाताको संख्या उल्लेख्य रहेको छ । विशेषगरी 'जेन जी' पुस्ताका युवाहरूले आफ्नै भावना बुझ्ने नयाँ र युवा उम्मेदवारलाई रोज्ने मनस्थिति बनाएपछि यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । रुपन्देही ३ का निर्वाचन परिचालन समितिका इन्चार्ज नारायण भण्डारीले घरदैलोका क्रममा मतदाताले देखाएको अपार उत्साह र समर्थनले रास्वपाले सहजै जित निकाल्ने दाबी गर्नुभएको छ । जनताले देखाएको यो उत्साहले आफूहरूलाई निकै खुसी र हौसला मिलेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार