मुख्य समाचार
स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ | काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा | शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा | बैशाखमा ८ अस्पतालमा १५ सेवा थप तथा विस्तार गर्ने | पोषणका लागि रैथाने बालिको प्रयोग बढाऔं : मुख्यमन्त्री आचार्य | एक जनाको शव भेटियो, दुई जना अझै वेपत्ता | व्यवसायी भन्छन्- फुटपाथ व्यापार हटाउने नाममा नगर प्रहरीले ज्यादती गर्‍यो | पर्यटकको रोजाइमा हरित उपत्यका खुम्जुङ | रूपन्देहीको दानव नदिमा तीन बालक वेपत्ता | गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त |

लमजुङको बगुममा पहिराे जाँदा ३ घर बगायाे, ४ जनाकाे मृत्यु

Ujyalosandeshonline 6941+ समाचार ( )
१२ आषाढ २०८१, बुधवार

बेसीसहर ।लमजुङको क्ब्हाेंलासाेथर गाउँपालिकाकाे वडा नं. ३ उत्तरकन्याकाे बगुमस्थित पच्यु टाेलमा गएराति पहिराे जाँदा तीन घर बगाएकाे छ । पहिराेमा परि ४ जनाकाे मृत्यु भएकाे छ ।

वडा सदस्य विन प्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका याेजना शाखा प्रमुख चित्र घलेकाे घर पहिराेले बगाएकाे छ । 

पहिराेमा परि ६९ वर्षिय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छाेरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङकाे मृत्यु भएकाे छ । 

रूद्रमानकाे श्रीमती छिमेकी घरमा सुतेकाे र चित्र घले गाउँपालिकाकाे केन्द्र मालिङमा रहेकाले पहिराेबाट बचेकाे वडासदस्य घलेले जनकारी दिए । पहिराेमा परि चित्रका भाइ भिमबहादुर घले भने घाईते भएका छन् । 

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टाेली जाँदै गरेकाे प्रहरी निरक्षक थानेश्वर चपाईले जानकारी दिए । उत्तरकन्याका वडाअध्यक्ष आसविर गुरूङका जनप्रतिनिधिको टाेलीपनि घटनास्थल पुग्दैछ । घटनाकाे विस्तृत विवरण आउन बाँकि छ ।

ओखलढुंगामा पनि एकको मृत्यु दुई जना गम्भीर घाइते

अविरल बर्षाको कारण घर र गोठ माथि पहिरो खस्दा ओखलढुंगामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

आज बिहान ४ः ४० बजेको समयमा जिल्लाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३९ बर्षीय बाबुराम खत्रीको घर र गोठ पहिरोले पुर्दा उनको श्रीमती ३५ बर्षीय देव कुमारी खत्रीको घटननास्थलमै ज्यान गएको हो ।

पहिरोमा परि गम्भीर घाइते भएका बाबुराम खत्री र उनको छोरी १८ बर्षीय मेनुका खत्रीको प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयले सकुशल उद्धार गरि उपचारको लागि स्थानीय मेडिकलमा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

पहिरोले खत्रीको ढुङ्गा माटोले बनेको, फूसको छाना भएको एक तले घर र गोठ समेत पूर्ण रुपमा परिएको छ । क्षतिको अन्य विवरण भने संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार