गण्डकी सरकारको नीति तथा कार्यक्रम : धार्मिक पर्यटन परिपथ विकास गरिने

रासस 642+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

दमौली (तनहुँ) । गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटन परिपथ विकास गर्नेभएको छ । गण्डकी प्रदेशसभामा आज प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेशका विभिन्न जिल्लाका धार्मिकस्थल जोड्ने गरी धार्मिक पर्यटन परिपथ विकास गरिने उल्लेख गर्नुभयो । 

दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र त्रिवेणीधाम जस्ता महत्वपूर्ण धार्मिकस्थल जोडिने गरी धार्मिक पर्यटन परिपथ विकास गरिने उहाँले उल्लेख गर्नुभयो । प्रदेश प्रमुख भट्टले मुख्य पर्यटकीय गन्तव्यमा पहुँच मार्ग बनाइ हाइ अल्टिच्युट सिक्नेसको उपचारलगायत आधारभूत सुविधा विस्तार गरिने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार