मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

Ujyalosandeshonline 11004+ समाचार ( )
३ कार्तिक २०८२, सोमबार

मुस्ताङ । मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको बिदा अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको क्रेज बनेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक सौन्दर्यता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भ्रमण गर्न लालायित हुन्छन ।

यहाँको नेपाल–चीन बहुचर्चित उत्तरी कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी र जोमसोम र मार्फा बस्तीसँगै यहाँको निलगिरी र धौलागिरि हिमशृङ्खला अवलोकन गर्न पाउँदा जोकोही पर्यटकहरु मोहित नहुने त कुरै भएन । पछिल्लो समय मुलुकमा जेनजी आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिमा मुस्ताङको पर्यटन व्यवसाय चलाएमान भइरहेको यहाँको पर्यटक तथ्याङ्कले देखाएको छ ।

चालु आर्थक वर्षको असोज महिना अवधिमा मात्रै राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्ग हुँदै ६५ हजार ७४० आन्तरिक पर्यटक र ९ हजार ८५९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । यसै गरी जल तथा मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार आश्विन १७ देखि २० गतेसम्म वर्षा र हिमपात हुने प्रक्षेपणका कारण आशिंक रुपमा प्रभावित बनेको यहाँको पर्यटन त्यसपछि पुनःचलायमान भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार २१ असोजदेखि ३१ गतेसम्मको १० दिनको अवधिमा  बेनी–जोमसोम सडकमार्ग हुँदै  ४९ हजार ३७१ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । असोज महिनाको पछिल्लो १० दिनको अवधिमा २८ हजार ७५९ आन्तरिक र चार हजार १२४ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । जेनजी आन्दोलन र मौसम प्रतिकूलतापछि मुस्ताङ भित्रिएका पर्यटकहरु मध्ये आन्तरिक तथा बाह्य पर्यटक गरी १४ हजार ३८९ जना पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् ।

जसमध्ये १३ हजार ९२९ जना आन्तरिक र ४५० जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । असोज महिनामा मुस्ताङ भित्रिएका कूल पर्यटक संख्या मध्ये आन्तरिक तथा बाह्य गरी २० प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गरेको पाइएको छ । यसैगरी गतवर्षको असोज महिनामा कूल ५९ हजार ८३१ जना आन्तरिक तथा बाह्य पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए ।

त्यस महिनामा यहाँ ४७ हजार २९३ जना आन्तरिक र १२ हजार ५३८ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ । मुस्ताङमा गतवर्षको तुलनामा यसवर्ष आन्तरिक र बाह्य गरी १५ हजार ७६८ जना अर्थात (२०.८५) प्रतिशतले पर्यटक सख्या  घटेको देखिएको छ । मुस्ताङमा चालु आवको साउनदेखि असोज मसान्तसम्ममा एक लाख १८ हजार ६८९ जना पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार साउनदेखि असोजसम्ममा ९१ हजार १२५ जना र २७ हजार ४६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । गत आर्थिक वर्ष २०८१÷८२ मा आन्तरिक तथा बाह्य गरी सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । त्यसवर्ष पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार