मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

ई–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि लुम्बिनीबाट प्यारामाउन्ट बोर्डिंग हाईस्कुल छनोट

Ujyalosandeshonline 11768+ समाचार ( )
२७ पौष २०८१, शनिबार

काठमाडौं । ई–प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको लुम्बिनी प्रदेश छनोट प्रतियोगिताको उपाधि प्यारामाउन्ट बोर्डिंग हाईस्कुलले जितेको छ । 

आगामी माघ २३ गते देखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आयोजना हुने ई–प्लानेट नेसनल हाईस्कुल च्याम्पियनसिपको लागि सातवटै प्रदेशमा छनोट प्रतियोगिता आयोजना भइरहेको छ । यस अघि चितवनमा सम्पन्न बागमती प्रदेशको पहिलो छनोटबाट अर्किड कलेज तथा इटहरीमा सम्पन्न कोशी प्रदेश छनोटबाट आस्था कलेज छनोट भएको थियो । आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा हुनेछ ।  

बुटवल तिल्लोत्तामा स्थित नव जीवन क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा प्यारामाउन्टले एभरेस्ट इंगलिस बोर्डिंग स्कुललाई ८ विकेटले पराजित गर्यो । जितको लागि पाएको ६३ रनको लक्ष्य उसले ७. १ ओभरमा भेटायो ।  प्यारामाउन्टको ब्याटिंगमा सन्देश पन्थीले सर्वाधिक ४१ रन योगदान दिए । 

यस अघि टस हारेर ब्याटिंग गरेको एभरेस्टले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ६२ रन बनायो । उसको लागि रवी यादबले सर्वाधिक १६ रन योगदान दिए । प्यारामाउन्टको बलिङमा प्लेयर अफ द म्याच समेत घोषित शिव कुँवरले ४ विकेट लिए जुन क्रममा २ ओभरमा १ मेडन गर्दै मात्र ६ रन खर्चिए ।

छनोटको उपाधि सहित प्यारामाउन्ट बोर्डिंग हाईस्कुलले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । लुम्बिनी प्रदेश छनोटमा कुल ८ टिम सहभागी थिए । सहभागी टिमहरु श्री शान्ति मोडल,कान्ति, प्यारामाउन्ट, न्यु होराइजन, अक्सफोर्ड, होराइजन गौतम बुद्ध, सेन्ट जोसेफ, एभरेस्ट रहेका थिए । 

हाईपयति इभेन्टको आयोजनामा जारी देशव्यापी प्रतियोगिताको आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा पुष १८ गते जनकपुरमा सुरु हुनेछ । त्यसपछि लुम्बिनी छनोट बुटवलमा पुष २३ गतेबाट, गण्डकी छनोट पोखरामा पुष २६ गतेबाट, दोश्रो बागमती प्रदेश छनोट काठमाडौँमा माघ ३ गतेबाट, कर्णाली छनोट सुर्खेतमा माघ १० गतेबाट, सुदूरपश्चिम छनोट धनगढीमा माघ १७ गतेबाट हुनेछ । माघ २३ देखि २६ गते राष्ट्रिय फाइनल काठमाडौंमा आयोजना हुने तालिका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार