मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

युवा उद्यमीलाई प्रोत्साहन गर्न मञ्च र एड्भरटाइजिङबीच सम्झौता

Ujyalosandeshonline 12547+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

इटहरी । युवा उद्यमीहरुको साझा संस्था नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेश र नयन एड्भरटाईजिङ् प्रालिबीच सहकार्यको लागि सम्झौता भएको छ । मंगलबार नयन एड्भरटाइजिङ प्रालि इटहरीको कार्यालयमा सम्झौता भएको हो ।

रोजगारीको अभावमा युवाहरू देश छाड्न बाध्य भएको अवस्थामा यो सम्झौताले भने युवाहरूलाई देशमै रोजगारीको अवसर सृजना गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ । सक्रिय युवा उद्यमीलाई सञ्चारमाध्यममार्फत प्रोत्साहन र हौसला प्रदान गर्ने नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशका अध्यक्ष  मुनम रिजालले बताए ।

‘देशमा रोजगारी बढाउन, आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गर्नुपर्छ,’रिजालले भने, ‘अहिलेको समयमा युवालाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यम सञ्चारमाध्यम नै हो ।’ उनले युवा उद्यमीलाई विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न सरकारी नीतिबाटै सहजीकरण र प्रोत्साहन गर्न सञ्चारमाध्यमबाट दबाब सिर्जना गर्नुपर्ने जनाए ।

सम्झौता अनुसार उद्योग परिसंघले युवा उद्यमीले गरेका उदाहरणीय कार्य, संघर्षका चरण, प्रगतिलगायतका भावी पुस्तालाई सन्देश हुने सकारात्मक सन्देश नयन एड्भरटाईजिङ् प्रालिद्दारा सञ्चालन प्रदेश खबर डट कममार्फत प्रकाशन गरिनेछ । 

एड्भरटाइजिङका अध्यक्ष तथा प्रदेश खबर डटकमका सम्पादक पवन अधिकारी र सस्थाका अध्यक्ष रिजालबीच उक्त सहमति पत्रमा हस्ताक्षर भएको छ । अधिकारीले युवा उद्यमीहरूलाई सञ्चारमार्फत जोड्न पाउनु हर्षित भएको बताए । उनले देशमै सकारात्मक सोचसहित नयाँ र रचनात्मक काम गर्न चाहने  युवाहरुलाई उक्त सम्झौता कोशेढुंगा साबित हुने दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार