मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

दुई तिहाइ छ भन्दैमा जे मन लाग्यो त्यही गर्न पाइन्छ ?’

Ujyalosandeshonline 12537+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई तिहाईको घमण्ड नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले दुई तिहाई छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गर्नलाई दुई तिहाई बनेको हो भन्दै प्रश्न गरे । उनले दुई तिहाईको घमण्ड नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘अध्यादेश ल्याउने अहिलेको जुन ट्रेन्ड छ, यो ट्रेन्डले सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी अवस्था सिर्जना गरेर यो अध्यादेश पारित गर्नुपर्छ, अर्को उपाय छैन, यसमा खेल्ने ठाउँ छैन, यसमा छलफल गर्ने ठाउँ छैन भन्ने ढंगले जाने स्थिति देखिन्छ, अध्यादेशको ट्रेन्ड नै त्यही हो । दुई दल मिलेपछि दुई तिहाई छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गरे भइहाल्यो नि त भन्ने भयो । जे मन लाग्छ त्यही गर्नु त्यही गर्नलाई दुई तिहाई हो ?’

यसको साथै, उनले ६ महिनाको बीचमा केही काम राम्रोसँग देखाउन सकिएन, अब अध्यादेशबाट ढोका खोल्यौँ भन्नको लागि अध्यादेश ल्याएको बताए । अधिवेशन सुरु हुने केही दिनभित्रै जानी जानी हतार हतारमा अध्यादेशको बाढी ल्याएको आरोप पनि लगाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार