मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

मुगुमा भेडा–बाख्रा पालनमा कृषक उत्साहित

Ujyalosandeshonline 12548+ समाचार ( )
२३ असार २०८२, सोमबार

मुगु । मुगुका २ सय ९० जना भेडा–बाख्रा पालक किसानलाई सम्मान गरिएको छ । चार स्थानीय तहमा पछिल्लो समयमा आम्दानीको राम्रो स्रोत मानिएको भेडा–बाख्रा पालनमा सक्रिय भूमिका निर्वाह गरेका किसानलाई सम्मान गरिएको हो । जिल्लामा विशेषगरी कृषकहरु अन्य पेशा भन्दा भेडा–बाख्रा पालनतिर बढी आकर्षित हुने गरेका छन् ।

कर्णाली प्रदेश सरकारको नीति अनुसार मुगुमा आर्थिक वर्ष २०८१÷०८२ मा ५० बढी भेडा–बाख्रा पाल्ने कृषकहरुलाई प्रोत्साहन खर्च प्रति ब्यक्ति १८ हजारका दरले  तीन सय जनालाई दिने लक्ष्य भएपनि प्रोत्साहन वापतको लागि जिल्लामा दरखास्त आब्हान गर्दा ७ सय ५६ जनाको निबेदन परेको थियो । 

तर फिल्ड अनुगमन गर्दा ८९ जना फेक कृषक भेटिएका थिए । अन्य ५० भन्दा बढी भेडा–बाख्रा पालन गर्ने कृषकहरुको संख्या बढी रहेका हुनाले बजेट अपुग हुने भएकाले सिमित मात्रामा कृषक छनोट गरिएको थियो ।

मुगु भेडा–बाख्रा पाल्नका लागि निकै उपयुक्त हावापानी  भएको हँुदा पछिल्लो समय युवाहरु बिदेश जानु भन्दा भेडा–बाख्रा पालन सक्रिय हुने गरेका भेटिन्छन् । यसबर्ष मुगुमा भेडाको संख्या ३१ हजार छ भने बाख्रा ७० हजार देखिन्छ ।  अहिले जिल्लामा भेडा–बाख्रा पालन कृषकहरुको राम्रो आम्दानिको स्रोत बन्दै गएको पशु अस्पताल तथा पशु सेवा कार्यलयका प्रमुख भीमचन्द्र बुढाले बताए ।

छाँयानाथ रारा नगरपालिका १३ थार्पका कर्णसिंह बोहोराका अनुसार भेडा–बाख्राको ऊनबाट घरमा प्रयोग हुने कम्वल, राडीपाखी भए पनि निर्माण गरिने तर बजार मूल्यको अभाव रहेको छ । आगामी दिनमा थप प्रभावकारी कार्यक्रम ल्याउन उनले माग समेत राखेका छन् । 

पछिल्लो समयमा बजारमा मासुको मूल्य बृद्धि हुदै जाने तर भेडा–बाख्राको मूल्यमा कम हुनुमा विचौलियाहरुका कारण भएको स्थानीयको आरोप छ । विचौलियाले बढी फाइदा खाने भएको हुँदा कृषकहरुले उत्पादन गरेका तरकारी, पशुपालनलगायत अन्य खेती गर्दै आएका कृषकहरु मारमा परेको दुखेको छाँयानाथ रारा नगरपालिका–६ का रुप बहादुर सेजुवालको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार